कर्मशील जीवनकाे संघर्षशील जीवन कथा
सुखानुभूति तब मात्र हुन्छ,जब जिइन्छ जीवन आनन्द मनले !
सीपकाे दीप जलाएकै हुन्छ , जहाँ पुगे पनि नेपाली जनले !!
जीवनमा के हाे सुख ? के हाे दुःख ? जन जनले जीवनमा भाेगेकाे भाेगाई र सुनेकाे /पढेकाे कथाका आधारमा भएकाे बुझाई र ब्याख्या भिन्न भिन्न रहेके पाइन्छ। यद्यपि यस बिषयमा संसारका सबै मानिसकाे सारमा जीवनकाे मनाेकांक्षा भने “आनन्दकाे दिर्घायू जीवन” जिउने नै हाे । त्यही भविश्यकाे मनाेकांक्षा पुरा गर्न मानिस वर्तमानमा संघर्षकाे मैदानमा घाेटी रहन्छ । यस अर्थमा बुझ्दा भाैतिक तन (शरीर ) “साधन ” हाे जसलाई मनले सुखानुभूतिकाे माध्यमबाट जीवनकाे साध्यय “आनन्द” प्राप्त गर्न जीवनभर अनेक खाले कर्म गर्न अनवरत क्रियाशील गराइरहेकाे हुन्छ । आनन्दकाे न त सिमा हुन्छ ,न त बिमा । न त आकार हुन्छ,न त प्रकार । न त एकरुपी रंग हुन्छ, न त ढंग नै…. यस्तै यस्तै …..। त्यसैले त यसकाे अनुभूति र ब्याख्यामा एकरुपता पाइदैन । आआफ्नाे जीवनकाे भाेगाईबाट सिकिएकाे पाठले भिन्न निश्कर्ष निकाल्छ र र ब्याख्या गर्दछ । समाजले बुझेकाे र बुझाएकाे यस्तै जीवनकाे साध्यय “आनन्द” जीवनकाे खाेजीमा भाैतारिदै गर्दा परिस्थितिले “घरदेश” छाडेर सात समुद्र पार “परदेश”मा पुगेर संघर्ष गर्दै हुनुहुन्छ हाल टेक्सासबासी कर्मशील, संघर्षशील,पराेपकारी मनका धनी -बिष्णु सापकाेटा । जसलाई यतिबेला एक कर्मशील जीवनकाे संघर्षशील प्रतिनिधि पात्रका रुपमा यँहाहरु सामु प्रस्तुत गर्ने अनुमति चाहन्छु । हुन त सुन्दा र पढ्दा त्यति चाखलाग्दाे र उत्प्रेरक नलाग्न सक्छ तर कहिले काही उठान गरिएका सामान्य बिषयले पनि गहिराे चिन्तन मनन् गरे जीवन उपयाेगी र जीवन सारथी बन्न सक्छ ।
नेपालकाे मकवानपुर जिल्ला , हेटाैडा -६ पुतलीबजार जन्मथलाे रहेका सापकाेटा जीवनकाे लिखन्त अनुसार आज भन्दा ५ बर्ष अघी सपरिवार अमेरिका छिर्नु भएकाे थियाे । प्रारम्भदेखि नै अमेरिकाकाे टेक्सास राज्यमा एक छाेरा , एक छाेरी र श्रीमतिका साथ बस्दै आइरहनु भएकाे छ । जीवनकाे उर्जाशील उमेर जति नेपालमै बिताएर अमेरिका हाेमिएकाे जीवनकाे संघर्षकाे रफतार दिन प्रतिदिन घटदाे हैन बरु बढ्दाे छ । सानै उमेरदेखि संघर्षशील बिषेशता भएका कर्मठी सापकाेटाले २० बर्षकै उमेरमा सीप बिकास तालिम केन्द्र हेटाैडामा विद्युतकाे प्रशिक्षक र अौद्याेगिक क्षेत्र स्थित घ्यू उद्याेगमा मेकानिककाे हैसितमा (दुई फरक ठाँउमा )जागिर खाएर दिनमा १६ घण्टासम्म काम गर्नु हुन्थ्याे । समाजले माने/भने झै आनन्दकाे उज्जवल भविश्यकाे सुनिश्चितता गर्ने महत्वाकांक्षाले उँहालाई पनि निरन्तर काउकुती लगाई रह्याे । र नेपालकाे संघर्षलाई बिट मारेर बैदेशिक राेजगारीका लागि परदेश हानिनु भयाे । राेजगारका क्रममा ६ बर्ष बढी दुबई रहनु भयाे । पछि अमेरिका हाेमिने ईच्छा जागेर बढाे जाेडजुलुम गर्दा पनि असफल भएर बिचबाटाे बाटै स्वदेश फर्कनु परेपछि बिदेशीने याेजना त्यागेर बाँकी जीवन स्वदेशमै बसेर केही गर्ने निर्णय गर्नु भयाे र हेटाैडाकाे ब्यस्त बजार कान्तिराजपथमा हार्डवेर पसल खाेली ब्यापार गर्न सुरु गर्नु भयाे । छाेटाे समयमा नै सापकाेटा हार्डवेरले ग्राहकमा राम्राे छाप छाेड्न सफल भयाे । ब्यापारले आर्थिक रुपमा सुन्दर भविश्यकाे छनक देखाउदै गर्दा एक्कासी अप्रत्यासित रुपमा सपरिवार अमेरिका जाने निम्ताे मिल्याे । एक्लै अमेरिका हाेमिन खाेज्दा पैसा र समयकाे सत्यानास गरेर बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएकाे ब्यक्तिलाई सपरिवार जाने अवसर पाउदा ” के खाेज्छस् कानाे,आँखाे ” भनेझै अवसर गुमाउने कुरै भएन र बिलम्ब नगरी कुम्लाे कुटुराे कसेर सपरिवार अमेरिका हानियाे सापकाेटा परिवार । जीवनकाे निकै ठुलाे महत्वकाँक्षी सपना पुरा हुँदा खुशी हुनु र उज्वल भविश्यका लागि जीवन संघर्षमा थप उर्जा सहित जाेसिएर क्रियाशील हुनु मानव स्वभाव नै हाे । जसबाट उँहा पनि अछुताे रहनु भएन ।
अमेरिका छिरेपछि सुरुवाति समयमा उहाँकाे संघर्षले झन यसरी छलाङ्ग मार्याे कि कमाएर बचाउनका लागि हैन बाँच्नका लागि संघर्षकाे गतिसंगै तालमा ताल मिलाएर सकि नसकी लत्रिदै घिस्रिन बाध्य हुनु पर्याे ।अहिले भलाकुसारीमा ति सुरुवाति समयमा हप्तामा ११० घन्टासम्म काम गरेकाे सत्य कथा सुनाउदा असजिलाे हाउभाउमा जिब्राे काट्दै सुस्केरा हाल्नुहुन्छ सापकाेटा । हुर्कदै गरेका बालबच्चासहित भिन्न भाषा,रितिरिवाज,चाल चलन ,परिवेश,वातावरण आदिइत्यादीले संघर्षपूर्ण जीवनलाई थप जटिल बनाएकाे कुरा अनुमान गर्न जाे कसेहीलाई गाह्राे छैन । मनभरी पिडाकाे भारी र काँध भरी परिवारकाे जिम्मेवारी बाेकेर समाजले देखाएकाे उज्वल भविश्य प्राप्तिकाे सपना सजाउदै संघर्षकाे मैदानमा कुद्दै गर्दा भरथेक गर्ने श्रीमति सारदा सापकाेटा एक्कासी बिरामी भएर लामाे समय अस्पतालकाे सैय्यामा ढल्दाकाे अवस्थाले दिलाएकाे पिडा आफ्ना लागि कम्ता दर्दनाक नभएकाे बताउनुहुन्छ उहाँ । आसै मार्नु परेकाे अवस्थामा कालकाे मुखबाट श्रीमतिलाई फिर्ता ल्याउन सफल भएकाे प्रति अभुतपूर्व खुशी ब्यक्त गर्दै सापकाेटा भगवानलाई हृदयदेखि नै काेटी काेटी धन्यवाद ब्यक्त गर्नुहुन्छ ।
यसै बिच संघर्षदेखि हार नखाई पाैठाजारी खेल्दै अघी बढेका कर्ममा विश्वास गर्ने मेहनती सापकाेटाले बढाे जाेडजुलुम गरेर गत बर्ष घर जाेड्न सफल हुनु भयाे । जाे अमेरिकामा रहेका आम नेपालीकाे पहिलाे प्राथमिकतामा पर्दछ पनि । त्यही घरकाे खाली जमीनमा निकै मेहनत गरेर करेराबारी पनि निर्माण गर्नु भएकाे छ । जाहाँ हिजाे आज फुर्सद हुनासाथ छिर्ने गर्नुहुन्छ र त्यसैकाे सिहार सुसारमा तलिन भएर कामकाे थकान मेटाउदै आनन्दकाे अनुभूति गर्ने गर्नु हुन्छ। त्यसैमा केन्द्रित रहेर थाेरै चर्चा गर्न चाहन्छु । अहिले उहाँ किसानकाे छाेराे भएका नाताले जीवनमा आर्जन गरेकाे सीप र ज्ञान आफ्नाे करेसाबारीका लागि प्रयाेग गरिरहनु भएकाे छ। यतिबेला लगनशीलता र मेहनतका कारण करेसाबारीमा लाेभै लाग्दाे गरी बिभिन्न प्रकारका तरकारीहरु फलिरहेका छन् । झट्ट सुन्दा सामान्य बिषयकाे चर्चा गरे जस्ताे लागे पनि अमेरिकाकाे सन्दर्भमा भने निकै महत्वपूर्ण र प्रेरणादायी हुन सक्छ ।
सिमी,बाेडी,खुर्सानी,घिराैला,फर्सी,आलु,चिप्लीभेडा,भन्टा ,गाेलभेडा लगायत तकारी रहेकाे करेसाबारी हेर्दा याे अमेरिका नभएर नेपालकै एउटा किसानकाे करेसाबारी हाे भन्ने भान हुन्छ।अमेरिकामा महिनाै अघिदेखि टिपेर चिसाेमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न बिवस जिन्दगीमा आफ्नै करेसाबारीबाट अर्गानिक ताजा,स्वस्थ्य,बिसादीरहित तरकारी तत्काल टिपेर भान्सा मिठाे गराउन पाउनु अहाेभाग्य नै ठानिन्छ । त्यति मात्र कँहा हाे र, आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठुलाे खर्चमा निकै कटाैती गराएकाे बताउनु हुन्छ सापकाेटा । उँहा भन्नु हुन्छ “करेसाबारीका कारण महिनामा तरकारी किन्नमा हुने झण्डै नेपाली पच्चिसदेखि तिस हजार रकम जाेगिएकाे छ । ताजा खान पाइएकाे छ। तरकारिकाे चिन्ता छैन ।” आफ्नाे करेसाबारीमा फलेकाे तरकारीले बेलाबखत छिमेकीकाे भान्सा पनि स्वादिष्ट बनाउने गरेकाे उँहा बताउनु हुन्छ । आफ्नाे करेसाबारी देखेर धेरै जना लाेभिएर उनिहरुले पनि तरकारी लगाउन सुरु गरेकाेप्रति सापकाेटा खुसी ब्यक्त गर्नु हुन्छ । उहाँ भन्नु हुन्छ , “ब्यापारिक हिसाबले नभई आफ्नाे छाक टार्न ठाँऊ पाउदा जानेकाे सीपकाे सदुपयाेग गरेकाे हुँ। अरुलाई पनि सिकाउदै तरकारीमा आत्मनिर्भर हुन उत्प्रेरित गर्ने गरेकाे छु “। हरेक दिन कामबाट थाकेर आउदा एक छिन करेसाबारी डुलेपछि आनन्दकाे राहत मिल्ने गरेकाे उहाँ बताउनु हुन्छ । स्वास्थ्य समस्याका कारण त्यति धेरै सक्रिय हुन नसके पनि आवश्यक पर्दा सक्दाे सहयाेगी भुमिका निर्वाह गर्दै आइरहनु भएकाे छ उँहाकै अर्धाङ्गिनी सारदा सापकाेटाले।
त्यसाे त उँहालाई बेलाबखत छाेरा छाेरीले पनि सघाउने गरेका छन्।करेसाबारी लाेभलाग्दाे हुनुमा नदेखिने मेहनत परेकाे श्रीमति सापकाेटा बताउनु हुन्छ । करेसाबारीबाट आवश्य तरकारी प्राप्त हुनुकाे साथै घरमा आउने पाहुनालाई र अरुकाे घरमा भेटघाट गर्न जाँदा काेसेली उपलब्ध गराउन करेसाबारीले महत्वपूर्ण भूमिका खेलिरहेकाे उँहा बताउनु हुन्छ । करेसाबारीकाे तरकारी काेसेली दिदा पाउनेहरु पनि निकै खुशी हुने गरेकाे उहाँकाे मिठाे अनुभव छ ।बचपनदेखि नै साकाहारी जीवन बिताउदै आइरहनु भएकी सापकाेटालाई गृहिणीका नाताले करेसाबारीबाट छानी छानी भान्सामा तरकारी पकाउन पाँउदा निकै आनन्द आउने बताउनु हुन्छ ।सापकाेटाका अनुसार ब्यवसायिक रुपमा तरकारी खेती नगरिएकाे भएता पनि भान्सामा हुने कुल खर्चकाे झण्डै ६० प्रतिशत रकम भने बचत भएकाे देखिन्छ। त्यति मात्र नभएर नेपाली तन, नेपाली मन र नेपाली पनले फलाएकाे तरकारी खान पाँउदाकाे स्वाद र आनन्द अमुल्य रहन्छ भन्ने अनुमान गर्न गाह्राे छैन।हिजाे आज अमेरिकामा घर हुनेहरु यस प्रकारकाे करेसाबारी बनाएर माैसम अनुसारकाे तरकारीखेती गर्न आकर्षित हुदै गइरहेकाे देखिन्छ । नेपालीहरु जहाँ पुगे पनि माैका पाउनासाथ उपलब्ध श्राेत र साधनकाे हरसम्भब प्रयाेग गरेर आफुले नेपालमा आर्जन गेरेकाे सीपकाे दियाे जलाएकै देखिन्छ। यस्तै मध्यकाे एक उदाहरण हाे याे सापकाेटाकाे केरेसाबारी पनि । झट्ट हेर्दा र सुन्दा सामान्य लाग्न सक्छ तर त्याे करेसाबारीले दिलाएकाे “आनन्द” सापकाेटाका लागि भने अमुल्य र अनुपम् रहेकाे उँहा बताउनुहुन्छ । कहिले काँही जीवनमा सानाे कुराले पनि सहनै नसक्ने पिडा दिन सक्छ भने कहिले काँही अनुपमन आनन्द पनि दिलाउछ । जाे ब्यक्ति पिच्छे फरक फरक हुन सक्छ । यसका अलावा यस्ता क्रियाकलापहरुले आर्थिक,शारीरिक,मानसिक रुपमा फाइदा हुनुका साथै बालबालिकाहरुलाई आफुले खाने तरकारी कसरी फलाउन सकिन्छ र कसरी फल्दछ भन्ने अमुल्य ब्यवहारी ज्ञान दिन सकिन्छ।जाे अमेरिकामा निकै दुर्लभ रहेकाे छ ।