शिल्पा पोखरेललाई तारेखमा छाड्ने अदालतको आदेश

निरन्तर न्यूज
२९ कार्तिक २०७६, शुक्रबार १८:०५

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
अदालतले शुक्रबार शिल्पालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । उनी शुक्रबार अदालतमा सुटुक्क हाजिर भएकी थिइन् । पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।
तर, पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् ।
निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु