नेपाली महिला राष्ट्रिय भलिबल टोलीले आफ्नो अपराजित यात्रा कायमै

निरन्तर न्यूज
२७ कार्तिक २०७६, बुधबार १५:४५

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । यसअघिका तीन खेलमा अपराजित रहेको नेपाली टोलीले बुधबार भएको चौथो खेलमा माल्दिभ्सलाई हराएको हो ।

बंलादेशमा जारी एभिसी सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्न सफल भएको छ । नेपाली टोलीले यसअघि अफगानिस्तान, किर्गिस्तान र आयोजक बंगलादेशलाई सहज रुपमा पराजित गरेको थियो ।

माल्दिभ्सलाई पहिलो सेटमा २५–१४ को सेटमा पराजित गरेको नेपालले दोस्रो सेटमा २५–५ को जित निकालेको थियो । नेपालले अन्तिम सेटमा २५–१३ ले जित हासिल गरेको हो ।

राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्ने नियमअनुसार नेपाल र माल्दिभ्सले एक खेल अगावै फाइनलमा स्थान बनाएका छन् । प्रतियोगिताको फाइनल खेल नेपाल र माल्दिभ्सबीच बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु