नेपाल म्यानमारसँग भिड्दै

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल र म्यानमारबीचको खेल मन्डला थिरी स्टेडियमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४ १५ देखि सुरु हुनेछ ।
विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ । कुवेतसँगको खेल नेपालको पहिलो घरेलु खेल समेत हो ।
नेपाल फिफा वरियतामा आफूभन्दा बलियो म्यानमारलाई उसैको मैदानमा हराउने दाउमा हुनेछ ।