दोस्रो सफलता सन्दीपलाई

निरन्तर न्यूज
२० कार्तिक २०७६, बुधबार १५:४७

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० विरुद्ध नेपालका लागि छैटौं सफलता दिलाएका छन् ।

तीन दिवसीय क्रिकेटको पहिलो दिनको खेलमा उनले नेपालका लागि छैटौं विकेट लिएका हुन् ।

सन्दीपले ७१ ओभरको अन्तिम बलमा विल भेन्डास्परलाई ५३ रनमा एलबीडब्लु आउट गराएका हुन् ।

योसँगै एमसीसीले ७२ ओभरको खेल सकिँदा छ विकेट गुमाउँदै २६६ रनपूरा गरेको छ । यसअघि नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई-दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु