म्याक्सवेलद्वारा क्रिकेटबाट बिदा अस्ट्रेलियाली खेलाडी

निरन्तर न्यूज
१४ कार्तिक २०७६, बिहीबार १६:३१

सिड्नी।अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट बिदा लिएको घोषणा गरेका छन् ।

क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी-२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फर्म्याट खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले यस शृङ्खलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएक

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टि गरेका छन् । उनले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट बिदा लिन चाहेको बताएका छन् ।

ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनको घरेलु टीम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु