तिहारकाे द्येउसी आशिष गीत

सुपेन्द्र बस्नेत, अमेरिका
६ कार्तिक २०७६, बुधबार ०९:०२

तिहारकाे द्येउसी आशिष गीत …

ए भन मेरा भाई हाे ….. द्येउसी रे……
ए है राम्ररी भन………द्येउसी रे……..
ए है स्वर मिलाइकन्…….द्येउसी रे…….
ए है याे बढा घरमा…..द्येउसी रे……..

द्येउसेहरुले दिएकाे आशिश, दुबाे जस्तै माैलाई जाउन् !
यसै घरमा सधै भरी लक्ष्मीले बास गरुन् !!
******************************
गाई भैसी गाेठै भरी , बाख्रा रहुन् खाेरमा !
सत्रु जस्ताे बिछाेड नहाेस् , कहिले पनि घरमा !!
****************************
ढुंगा छाेए सुनै बनाेस् , माटाे छाेए अन्न !
धनधान्य भई सदा , बनुन् सर्बमान्य !!
**************************
छाेरा छाेरी पढीलेखी , रहुन् सदा ज्ञानी !
मान्य गुन्य भइ सब्का , बनुन् बुद्दिमानी !!
*****************************
अरुकाे धनमा गर्नु नपराेस् , कहिले पनि लाल्चा !
स्वर्ग जाने द्वारकाे सधै , खुली रहाेस् ताल्चा !!
*****************************
द्येउसेहरुले दिएकाे आशिश, गर्नुस् स्विकार !
अन्त पनि जानुछ हजुर, लाैत नमस्कार !!

द्येउसेहरुले दिएकाे आशिश दुबाे जस्तै माैलाई जाउन् !
यसै घरमा सधै भरी, लक्ष्मीले बास गरुन् !!

हे ……. शिरैमा अक्षता पाती
बिदाबादी भएर जाँऊ साथी….

( रचना,स्वर : सुपेन्द्र बस्नेत , एल्बम् “तिहारै आयाे “बाट ….सबैका लागि नेपालीहरुकाे माहान चाड
”तिहार”काे शुभकामना सहित समर्पित…….)

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु