चलचित्र बादशाह जुटकाे सुसाइड गर्छु बाेलकाे गीत सार्वजनिक,
चलचित्र कार्तिक १५ मा सिनेमा हलमा हेर्न पाइने

हेटाैँडा । हेटाैँडेली नायक अमिर गाैतम अभिनित चलचित्र ‘बादशाह जुट’ ले केही समय अघि रिलिज गरेकाे ट्रेलरकाे कारण विवदित बनेकाे थियाे ।
कार्तिक १५ गते सिनेमा हलमा हेर्न पाइने उक्त चलचित्रकाे दोस्रो गीत रिलिज भएको छ ।
चलचित्रकाे ‘सुसाइड’ बोलको गीत सार्वजनिक गरिएकाे हाे ।
निर्देशक जोनी सिंह राणाको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत रहेको गीतमा मुख्य कलाकार आमिर गौतम, सुशील श्रेष्ठ, रोषी खड्का, केइसा रावत छन्।
विक्रम स्वाँरले कोरियोग्राफी गरेकाे गीतमा रुपक डोटेल र क्षेत्रीले स्वर भरेका छन् ।
हेर्नुहाेस सुसाइड बाेलकाे गीत