रणवीरसँग विवाह अघि लिभिङ टूगेदरमा नबस्नुको राज दीपिकाले खोलिन्

निरन्तर न्यूज
१ कार्तिक २०७६, शुक्रबार १६:२३

बलिउडमा विवाह अघि नै लिभिङ टूगेदरको रुपमा रहने जोडी प्रशस्त छन् । कतिपयको जीवन बैबाहिक जीवनमा परिणत भएको छ भने कतिपय अलग भएका छन् ।

तर, बलिउडमा लामो समयसम्म प्रेम सम्बन्धमा रहेर पनि लिभिङ टूगेदरमा नबसेको जोडी हो नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको । यो जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडीको रुपमा लिइन्छ । उनीहरुले एक–अर्कालाई गर्ने सम्मानले पनि धेरैको मन जितेको छ ।

हालै उनीहरुले एकसाथ चलचित्र ‘८३’को छायांकन सकाएका छन् । चलचित्रको इन्डक्लाप पार्टीमा रणवीर र दीपिका नाचेको भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । जुन भिडियो हेरेका दर्शकले उनीहरुलाई जोडी नम्बर १ को ट्याग दिएका छन् ।

यस्तैमा दीपिकाले आफू र रणवीरको विषयमा नयाँ खबर बाहिर ल्याएकी छिन् । लामो समय प्रेममा रहेको यो जोडी ’लिभिङ टुगेदर’मा भने बसेन । किन उनीहरु लिभिङ टुगेदरमा बसेनन् ? धेरैको प्रश्न हुन सक्छ । यसै विषयमा दीपिकाले भनेकी छिन्–‘बिबाह अगाडि नै सबै कुरा थाहा भइसकेपछि बिबाहपछि के नयाँ हुन्छ त ? त्यसैले हामी लिभिङ टुगेदरमा बसेनौ ।’

रणवीर र दीपिका सहमतिमा नै लिभिङ टुगेदरमा नबसेका हुन् । दीपिका थप्छिन्–‘हामीले एक–अर्कालाई राम्रोसँग चिनेका थियौं । चिन्न र बुझ्नको लागि लिभिङ टुगेदरमा बस्नु नै पर्ने जरुरी थिएन । आखिर बिबाह हुने पक्का नै थियो । त्यसैले बिबाहपछि मात्र सँगै बस्ने निर्णय भएको थियो ।’

दीपिकाले रणवीरको बारेमा प्रशंसा गर्दै भनेकी छिन्–‘रणवीर यस्तो कलाकार हुन्, जसले हरेक चलचित्रमा आफूलाई परिवर्तन गर्न सक्छन् । मलाई त हरेक ६ महिनामा नयाँ श्रीमान् मिलेको जस्तो लाग्छ ।’ दीपिका आफूहरुले बैबाहिक जीवन निकै रमाइलो गरेर बिताइरहेको बताउँछिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु