टि२० विश्वकप छनोटमा सिंगापुरको स्कटल्यान्डमाथि २ रनकाे जित

एजेन्सी । सिंगापुरले यूएईमा सुरु भएको आईसीसी टि-२० विश्वकप छनोटमा विजयी भएको छ ।
साेही अन्तरगत स्कटल्यान्डमाथि २ रनको जित निकाल्दै सिंगापुरले विजयी भएकाे हो ।
आइसीसी क्रिकेट एकेडेमी मैदानमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । स्कटल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । तर अन्तिम ओभरमा ३ विकेट गुमाउँदै ५ रन मात्रै जोडेपछि स्कटल्यान्ड झिनो अन्तरले पराजित हुन पुगेको हो ।