विश्वकप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित

निरन्तर न्यूज
२९ आश्विन २०७६, बुधबार ०८:४३

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा नेपालले तीन गोल खाएको थियो ।

जोर्डनका लागि खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ८७ औं मिनेटमा अहमेदले चिप गोल गरे ।

खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गरे ।

तीन गोललेपछि परेको नेपालले खेलमा कुनै पनि प्रभाव जमाउन सकेन । अन्ततः पराजित नेपालका खेलाडीहरु निराश देखिन्थे ।

नेपालले चार खेलबाट जम्मा तीन अंकमात्र बटुलेको छ ।

छनोटको समूह बी को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ ।

अष्ट्रेलियाले ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु