वडा अध्यक्षले गरे क्रिकेट खेलाडीलाइ सहयाेग

निरन्तर न्यूज
२७ आश्विन २०७६, सोमबार १८:२१

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर १४ का वडा अध्यक्षले जिल्लाको एक क्रिकेट क्लबलाई खेल जर्सी सहयोग गरेका छन् ।

वार्ड नम्बर १४ का वडा अध्यक्ष दिपक खड्काले मकवानपुर जिल्ला क्रिकेटको नेतृत्व गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न जान लागेका महाबीर क्लबको टोलीलाई २५ हजार रुपैया बराबरको जर्सी लगायतका खेल सामग्री सहयोग गरेका हुन् ।

एक कार्यक्रम बीच वडा अध्यक्ष खड्काले जीतको शुभकामना सहित उक्त सामान हस्तान्तरण गरेका हुन् । यस अघि वडा अध्यक्ष खड्काले फुटबल प्रतियोगिताको लागि एक क्लबलाई पनि खेलकुद सामग्री सहयोग गरेका थिए । वडा अध्यक्ष खड्कालाई मकवानपुर जिल्लामा खेलकुदलाई माया गर्ने जनप्रतिनिधिको रुपमा चिनिन्छ ।

वडा अध्यक्ष खड्काको नेतृत्वमा रुसमा भएको विश्वकप फुटबल २०१८ को प्रतियोगिता हेर्न मकवानपुरका व्यवसायीहरु रसिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु