सत्रुमाथि बिजय प्राप्त गर्न उसकाे शक्ति र सबल पक्षकाे पूर्ण ज्ञान जरुरी

सुपेन्द्र बस्नेत
१८ आश्विन २०७६, शनिबार १२:४५

भन्ने गरिन्छ कि “अन्तत्वगत्वा: सत्यकाे जित हुन्छ” !

सत्यकाे त्यति बेला जित सुनिश्चित हुन्छ ,जब असत्य तुलनात्मक रुपमा सत्य भन्दा कमजाेर र हुन्छ । असत्य जति बढी बलियाे रुपमा प्रस्तुत हुन्छ, सत्यले बिजय प्राप्त गर्न त्यति नै बढी संघर्ष गर्नुपर्दछ । जति बढी संघर्ष गर्नुपर्छ, त्यसकाे महत्व, चर्चा, समर्थक र दिर्घायु त्यति नै बढी हुन्छ । सत्रु माथि बिजय प्राप्त गर्न उसकाे कमजाेरीहरुकाे मात्र हैन सबलपक्षहरुकाे पनि पूर्ण ज्ञान हुनु जरुरी छ। त्यसैले सत्य र जितलाई जति धेरै चर्चा र वजसी बनाउनु छ, त्यति नै धेरै असत्य र सत्रुकाे बयान बलियाे ढंगले गर्नु पर्दछ । जाे धार्मिक ग्रन्थहरुमा पाईन्छ ।

यसकाे एउटा गतिलाे उदाहरण हाे हिन्दुहरुकाे धार्मिक ग्रन्थ रामायण काे। रामायणकाे एउटा प्रसंग यहाँ सारमा प्रस्तुत गर्न चाहन्छु, जहाँ रावण र कुम्भकर्ण बिच अत्यन्तै मार्मिक र महत्वपूर्ण अन्तर्सम्बाद भएकाे छ । जसले रामायणलाई साँच्चै वजसी बनाउन महत्वपूर्ण याेगदान पुर्याएकाे मलाई लागेकाे छ । रामायणकाे कथामा मानव जाति र राक्षस जाति बीचकाे युद्धलाई बढाे दार्शनिक, मार्मिक, दुरदर्शी, ज्ञानबर्धक र शिलशिलेबार रुपमा प्रस्तुत गरिएकाे छ । मानव जातिकाे नेतृत्व रामले गरेका छन् भने राक्षस जातिकाे नेतृत्व रावणले गरेका छन् । कथा अनुसार जब रावणकी बहिनी सुरप्रभाकाे नाक काटिन्छ, तब रावणले ठुलाे अपमान भएकाे ठानी प्रतिसाेध साध्दै बदला लिने निर्णय लिन्छन् । जब रावणले छलकपट गरेर राम कि पत्नी सीता हरण गर्दछन्, तब रामायणकाे कथाले अर्कै माेड लिन्छ। र दुबै पक्ष जानी नजानी युद्धमा हाेमिन्छन् ।

युद्धकाे दाैरानमा एउटा यस्ताे अवस्था आउँछ, जब रावणलाई युद्ध मैदानमा रामले निशस्त्र तुल्याई सहजै बिजय प्राप्त गर्न सक्ने अवस्था हुँदा हुँदै पनि रावणलाई युद्ध भुमिबाट जीवनदान दिदै सकुसल फिर्ता पठाइ दिन्छन् । त्याे घटनाले रावणलाई मरेतुल्य र घाेर अपमान भएकाे महसुस हुन्छ । उनकाे मनमा जलिरहेकाे बदलाभावकाे आगाे निभ्नुकाे सट्टा झन दन्किन्छ । राम र उनका सेनालाई नजरअन्दाज गरेर रणभूमिमा उत्रिएका रावणलाई त्याे घटनाले राम लरतराे शक्ति भएकाे ब्यक्ति हाेइन रहेछ भन्ने बाेध त गराउँछ तर उनी भित्र भएकाे अहंकार र प्रतिशाेधका कारण भने हार स्विकार गर्दैनन् । बरु अझै थप आवश्यक तयारीका साथ सशक्त रुपमा रणभूमिमा उत्रने निधाे गर्छन् ।

यसै शिलशिलामा उनले अति शक्तिशाली भाई कुम्भकर्णकाे सहयाेग लिने निर्णयमा पुग्दछन् । गहिराे निन्द्रामा परिरहेका कुम्भकर्णलाई निन्द्राबाट जगाई आफ्नाे सामु यथासिघ्र उपस्थित गराउन बिरुपाक्षलाई उर्दी जारी गर्दछन् । बिरुपाक्ष पनि दलबल सहित नुनकाे साेझाे गर्न आफ्ना राजा रावणकाे हुकुम सिराेधार्य गरी “जाे आज्ञा महाराज” भन्दै सुतिरहेका कुम्भकर्णलाई जगाउन जान्छन् र ठुलाे ठुलाे आवाजमा कराएर, चिच्याएर, बाजा बजाएर, जिउमा घाेचेर आदिइत्यादी गरेर बिउँझ्याउने अथक प्रयास गर्छन् तर ब्यर्थ हुन्छ। अन्तिम ब्रम्हास्त्रका रुपमा जब मिष्ठान्न भाेजनहरु उनकाे नजिक लगेर त्यसकाे बास्ना सुघाइन्छ तब उनी मिष्ठान्न भाेजन खान लालाहित हुदै आफ्नाे नियमित सुत्ने जम्मा जम्मी समय भन्दा अगाडि नै उठ्छन् । उनी उठेपछि आफ्नाे वरपर रावणका दुत बिरुपाक्षलाई दलबल सहित देख्छन् र आश्चर्य मान्दै दुतहरुलाई के कति कारणले आएकाे हाे बुझबुझारत गर्दछन् । रावणका दुतहरुले पनि सबिस्तार रावणकाे सन्देश सुनाउछन् । कुम्भकर्ण विलम्ब नगरी रावण सामु उपस्थित हुन्छन् । कुम्भकर्णकाे उपस्थितले रावणमा निकै ठुलाे साहस एकाएक उत्पन्न हुन्छ।  खुशी हुदै राम माथिकाे बिजय निश्चितकाे सपना देख्न थाल्दछन् । हुन पनि कुम्भकर्ण जतिकाे शक्तिशालीलाई रणभूमिमा पठाए पछि बिजय सुनिश्चित हुनेमा रावणलाई कुनै सन्देह गरिराख्नु पर्ने कुनै आधार नै थिएन । त्यसैले बिलम्ब नगरी रावणले कुम्भकर्णलाई घटानाका बारेमा सबिस्तार अवगत गराउछन्। रामले रणभूमिमा आफुलाई निशस्त्र बनाएर सहजै बिजय प्राप्त गर्न सक्ने अवस्था हुँदा हुदै पनि त्यसाे नगरी उल्टै सकुसल फिर्ता पढाएर आफ्नाे घाेर अपमान गरेकाे भन्दै सत्रुलाई परास्त गरी रावणकाे अपमानकाे बदला रामसँग लिन लडाईका लागि रणभूमिमा जान आदेश दिन्छन् ।

लेखक : सुपेन्द्र बस्नेत

राक्षस जातिकाे लाज बचाउने जिम्मा अब तिम्राे हातमा छ भन्दै रावणले जब कुम्भकर्णलाई रणभूमिमा गएर बानर र मानब जातिलाई समाप्त पार्न आदेश दिन्छन् , तब सुतेकाे अवस्थाका कारण सीता हरणदेखिकाे घटनाक्रमका बारेमा बेखबर रहेका कुम्भकर्ण रावणबाट ठुलाे गल्ती भएकाे निर्क्याेलमा पुग्छन्। रावणकाे कुबुद्धिप्रति ब्यंग गर्दै हाँस्दछन् । तिनै लाेकका बिजेता भएर पनि रामकाे अगाडि शस्त्रहीन, श्रीहीन र मानहीन हुनु पर्याे ..? भन्दै रावणलाई रामकाे शक्तिकाे ज्ञान नभएकाे र त्याे प्रति ध्यान नदिएकाेप्रति कटाक्ष गर्दछन्।

अन्तरसंबादकै क्रममा जब कुम्भकर्णले रामलाई सम्मान गदै श्री राम भनेर सम्बाेधन गछन् । तब रावणकाे रिसकाे पाराे निकै चड्छ र आक्राेसमा गर्जदै कुम्भकर्णलाई सत्रुलाई श्री जाेडेर सम्मान नगर्न चेतावनी दिन्छन् । याे सुनेर कुम्भकर्णले “आँखा बन्द गर्दैमा सुर्यकाे प्रकास नहराउने “भन्दै रावणकाे चेतावनी प्रति असहमति जनाउदछन् । “जाे तिनै लाेककाे स्वामी र स्वयम् श्रीमान् नारायण हाे , उसलाई श्रीराम नै भन्नु पर्दछ भन्दै रावणका अगाडि आफ्नाे सत्य अडान कायम नै राख्दछन् ।अन्तरसंबादकै क्रममा कुम्भकर्णले लक्ष्मीकी अवतार सीतालाई हरण गरेर ठुलाे गल्ती गरेकाे भन्दै यस्ताे घृणित कार्य गर्नु भन्दा अगाडि आफुसंग सल्लाह लिएकाे भए सही सल्लाह दिन्थे भनी रावणलाई संझाउने प्रयास गर्दछन् । रावणले बहिनी सुरपंखाकाे अपमान र आफ्नाे भाईकाे बधकाे प्रतिशाेधकाे बदला लिनु आफ्नाे कर्तब्य रहेकाले यस्ताे कदम उठाएकाे जिकिर गर्दछन्। कुम्भकर्णले सुरपंखा आफ्नाे पनि बहिनी भएकाेे “सत्रुसंग बदला चाेरकाे तरिकाले हैन बीरकाे तरिकाले लिनुपर्दछ । राजाले हरेक महत्वपूर्ण निर्णय लिदा आफ्नाे परम बिद्वान र सच्चा हितैसीसंग परामर्श गर्नु नै पर्छ।

राजाले चाप्लुसी स्वार्थी मन्त्रीकाे कुरामा फस्नु हुदैन, जसले आफ्नाे निजी स्वार्थका लागि आफ्नाे देशलाई पनि बेच्न सक्छन् ” भन्दै शास्त्रकाे महत्वपूर्ण भनाई सहित बढाे मार्मिक भावमा रावणलाई सम्झाउन खाेज्दछन् । तर रावण भाईकाे सुझाबलाई इन्कार गर्दै संकटका बेला शास्त्र सुनाउने उचित समय नभएकाे भन्दै गुरु आचार्य झै आफुलाई सम्झाउन खाेज्ने हाे भने गएर फेरी सुते हुन्छ, सहायताकाे कुनै आवश्यकयता छैन भन्दै आक्राेस पाेख्दछन् । र आफ्नाे जाति र दाजु प्रति कुनै जिम्मेवारी छ कि छैन ? भनि प्रति प्रश्न गर्दछन् । “संकटकाे घडिमा शास्त्र सुनाउने र तर्क बितर्क गर्ने नभई कर्तब्य निभाउने हाे । रावणलाई सानकाे साथ जिउन र मर्न आउछ । कुनै संका भए लडाईमा जानुकाे कुनै अर्थ हुदैन” भन्दै रावणले कुम्भकर्णलाई कुनै संका , भय भए बरु फेरी सुत्न जान स्विकृति दिन्छन्। रावणकाे भनाई बढाे धर्य र गम्भिर भएर सुनिरहेका कुम्भकर्णले रावणले आफुलाई ठिक ढंगले नबुझेकाे जिकिर गर्दै अगाडि भन्छन् “मैले जे भने त्याे एक सच्चा हितैसी भएकाे नाताले भनेकाे हुँ । जाे मेराे अधिकार थियाे र कर्तब्य पनि । याे समयमा मैले के गर्नु पर्छ त्यसकाे बाेरेमा न मेराे मनमा कुनै संका छ ,न मेराे पथमा कुनै अन्धकार ” भन्दै दाजुलाई सुर्य नहुदै सत्रुलाई परास्त गर्ने बचन दिन्छन् । “लडाईमा यदि म जिबित रहे आज लंकामा बिजयकाे उत्सब हुनेछ । परन्तु सबैले भने झै राम भगवान नै देखियाे भने पनि म हारेर भाग्ने छैन।बरु आफ्नाे दाईकाे इज्जतका लागि रणभूमिमा लड्दा लड्दै मर्ने छु । याे मेराे बचन भाे ” भन्दै कुम्भकर्णले रावणलाई लडाईका बारेमा चिन्ता नगर्न अनुराेध गर्दछन् । यसै बिच उनले लड्न जाने अनुमति र आशिर्बाद दिन अनुराेध गर्दै रावण सामु एउटा प्रार्थना भन्ने अनुमति लिन्छन् । र भन्छन् ” यदि म रणभुमिमा मरे भने संझिनुकी फेरी रामलाई कसैले जित्न सक्ने छैन । तब रामलाई भगवान मानेर उहाँकाे शरणमा जानु, जसले गर्दा हाम्राे कुल समुल नष्ट हुनबाट बचाेस् र तपाईकाे राज अखण्डक हाेस् । ”

दाजु रावण ,राक्षस राज्य र राक्षस कुलककाे रक्षाका खातिर कुम्भकर्णले ब्यक्त गरेका अत्यन्तै मार्मिक र वजसी बाणीहरुले रावणकाे मन छाेयाे र भाबुक हुदै रावण भाईलाई भन्छन् ” प्राणी जब आफ्ना कुटुम्बजनसंग एेश्वर्य भाेग्दछ तब ऊ प्रसन्न र सन्तुष्ट हुन सक्दछ । यदि तिमी जस्ताे भाई नभए ,तीन लाेककाे साम्राज्य रावणका लागि के काम …? भन्दै भाईलाई सम्झाउछन् “जाऊ कुम्भकर्ण …मृत्युकाे कुरा नगर । युद्धकाे कुरा गर । युद्धमा बिजयकाे कुरा गर ” युद्धबाट कुनै हालतमा पछि नहट्ने रावणकाे अडानकाे मनाेदसा बुझे पछि कुम्भकर्णले रावणकाे आदेशलाई चुपचाप शिराेधार्य गर्दै आशिर्बाद दिन आग्रह गर्दछन् । रावणले पनि साेही मुताबिक कुम्भकर्णलाई बिलम्ब नगरी बिजयकाे लागि आशिर्बाद दिदै बिदाई गर्दछन् । र रामसंग युद्ध गर्न कुम्भकर्ण रणभूमि तिर लाग्दछन् । ……
माथि प्रस्तुत गरिएकाे प्रसंगलाई बिभिन्न काेणबाट अध्ययन, बिश्लेषण र ब्याख्या गर्दै निचाेड निकाल्न सकिन्छ । त्यसकाे पुर्ण अधिकार पाठकहरुमा सुरक्षित गर्दै अहिलेलाई बिदा लिने अनुमति चाहन्छु ।साथै नेपालीहरुको याे महान चाड” बडा दशैं”को पावन अवसरमा शक्तिश्वरी माता दुर्गाभवानीले हामी सबैलाई जगत भलाेका खातिर सत्मार्गमा लाग्न,सत्यकाे पक्षमा लड्न ,पराेपकारी हुन र स्वाभिमानी भई बाँच्न आवश्यक बाैद्विक तथा भाैतिक क्षमता दिलाउनुका साथै सुस्वास्थ्य, सुख,शान्ति, समृद्धि, उन्नति, प्रगति, एवं दीर्घायु जिवन प्रदान गरुन् भनी हृदयदेखि नै भगवानसंग प्रार्थना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! जय हाेस् !

हेटाैँडा, हाल अमेरिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*