हेटौँडाका नायक अमिर गौतम अभिनित ‘बादशाह जुट’ कार्तिकमा प्रदर्शन

निरन्तर न्यूज
१७ आश्विन २०७६, शुक्रबार १८:१४

हेटाैँडा । नेपाली चलचित्र बादशाह जुटको निर्माण तथा कलाकार टोली हेटौंडा आइपुगेका छन्, । कार्तिक १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रचारप्रसारको क्रममा हेटौंडा आइपुगेका हुन् ।

चलचित्र पत्रकार संघ मकवानपुरको संयोजनमा पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता हर्क कुँवर पिटरले चलचित्र निर्माणमा कुनै पनि कन्जुसाई नगरि निर्माण गरिएको बताए । करिब ३ करोड ७५ लाखमा निर्माण गरिएको उनले बताए । नेपाली चलचित्रमा पहिलो पल्ट लगानी गरि काम सुरु गरेकोले केहि नयाँ अनुभव लिदैं गरेको बताए । मकाउका एनआरएन समेत रहेको निर्माता कुँवरले यस चलचित्र पछि निरन्तरता दिदैं आगामी दिनमा चलचित्र निर्माण गरिने बताए ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक जोनी सिं राणाले आफुले बलिउडमा काम गरेको र पढाई गरेकोले यो चलचित्रलाई उत्कृष्टता बनाउन सबै पक्षले राम्रो काम गरेको बताए । दुईवटा बादशाहको कथालाई चलचित्रमा देखाउन खोजीएको उनले बताए ।

चलचित्रका नायक सुशिल श्रेष्ठले यो चलचित्र आफ्नो अन्य चलचित्र भन्दा भिन्न भूमिका रहेको बताए । आफु एउटा पत्रकारको भूमिकामा रहेको बताए । रवि लामिछानेको फ्यान भएर उ जस्तै बन्ने सोचको मनोविज्ञानमा मेरो भूमिका रहेको बताए ।

कार्यक्रममा हेटौंडेली नायक अमिर गौतमले चलचित्रमा आफु प्रहरी सिपाहीको भूमिका रहेको बताए । सिपाही भएर पनि कसरी अन्य सिपाही भन्दा फरक हुने सिङ्गम स्टाईलमा आफुलाई कसरी उर्ताने जस्ता सोचले दर्शाएको मनोविज्ञानलाई चलचित्रको कथामा आफु रहेको बताए ।

उनले हेटौंडाबासीलाई आफु हेटौंडाकै भएर कार्तिक १५ गते प्रदर्शन हुने बादशाह जुटलाई हर्न आग्रह गरे । उनले आफु केहि समय चलचित्र क्षेत्रबाट टाढा भएका नि अब चलचित्रलाई निरन्तरता दिने समेत बताए ।

पत्रकार सम्मेलनमा चलचित्रकी नायिका केइशा राउत र रश्मि पाण्डेले आफ्नो भनाई राखेका थिए ।

चलचित्र बादशाह जुटमा सुशिल, अमिर, केइशा, रेश्मि सहित रोविन तामाङ, रोसी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा उत्तम हुमागाईको छायाकंन, राजकुमार उप्रेतीको द्धन्द, विक्तम स्वाँरको नृत्य, जोनी सिं राणाको कथा, कृष्ण भारद्धाज,कोसोज क्षेत्री र मोहित मुनालको संगीत रहेको छ । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु