बाग्मती गाउँपालिकामा काँग्रेसको चियापान तथा शुभकामना

निरन्तर न्यूज
१६ आश्विन २०७६, बिहीबार १७:१९

फापरवारी । मकवानपुर जिल्लाकाे पूर्वि क्षेत्रकाे स्ठानीय तहकाे नेपाली काँग्रेस बाग्मती गाउँपालिकाले दशैको अवसरमा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

काँग्रेस बाग्मती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा १ को क का क्षेत्रीय सभापति डिल्ली घोरासैनी, कांग्रेस नेताहरु फणिन्द्र तिमल्सिना, शंकर पराजुली, दामोदर गौतम, डम्बर बिक, भीमबहादुर घिमिरे, जयबहादुर राई, अप्सरा लोप्चन, बाग्मती गाउँपालिका प्रहरी प्रमुख पर्शुराम फुयाँललगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*