निर्माण व्यवसायी संघकाे शुभकामना, समन्वय गरेर कार्य गराैँ : मन्त्री जम्कट्टेल

निरन्तर न्यूज
१६ आश्विन २०७६, बिहीबार १७:०९

हेटाैँडा । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार व्यवसायीहरुसँग समन्वय गरेर काम गर्नकाे लागि तयार भएकाे हुँदा व्यवसायिहरुले खाका सहित सरकारसँग छलफल गर्न आग्रह  गरेका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार हेटौँडामा  विजया दशमी, दीपावली, छठ पर्व र नेपाल सम्वत् ११४० को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले निर्माणका कार्यहरु ताेकिएकाे समयसिमा भित्र र गुणस्तरयुक्त कार्य गर्नकाे निम्ति सरकारकाे तर्फबाट चाहिने सबै सहयाेग गर्न सरकार तयार रहेकाे बताए ।

हामी सबैको प्रयासमा ल्याइएको साझा व्यवस्था हाे भन्ने बुझिदिन अनुराेध गर्दै मन्त्री जम्कट्टेलले निर्माण व्यवसायीलाई गुणस्तरीय  प्रतिस्पर्धामा कार्य गर्न आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर ढकालले निर्माण व्यवयासीहरुले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको भन्दै समृद्धिको यात्रामा समन्वय गर्न तयार रहेको बताए । कार्यक्रममा जिल्लाका राजनीतिक दल, व्यवसायी, प्रदेश सभाका सदस्यहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा हेटौँडा ५ मा रहेको ग्रामिण सुधार मञ्च बालगृहलाई निर्माण व्यवसायी संघको तर्फबाट एक महिनाको लागि पुग्ने खाद्यान्न सामग्री प्रदान गरिएको थियो  र कैलाश गाउँपालिका १० का आगलागी पीडित प्रताप वाइवालाई  मन्त्री जम्कट्टेलकाे उपस्थितिमा ५० हजार रुपैया नगद सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*