प्रहरी दिवसको अवसरमा खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता

हेटाैँडा । ६४ औं प्रहरी दिवसको अवसरमा हेटाैँडामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सन्चालन गरिएकाे छ ।
प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजना तथा नारायणी मिल्क एण्ड फुड्स प्रालिको सहकार्यमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । मकवानपुर जिल्ला ब्याडमिन्टन संघ मकवानपुरका अध्यक्ष विके बोसको सभाध्यक्षतामा सुरु भएको प्रतियोगिताको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले उद्घाटन गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंह, रातोमाटो गणका प्रमुख कृष्ण बहादुर मगरको आतिथ्यतामा हेटौडाको कबर्ड हलमा प्रतियोगिता सन्चालन गरिएको हो ।