जर्नालिष्ट अफ दी इयरबाट बाँनीया सम्मानीत

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघका सदस्य मनिष श्रेष्ठले आफ्नो बुवाको नाममा स्थापना गरेको मदन मोमोरियल ट्रष्टले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यस बर्ष खेलकुद पत्रकार बिक्रम बानियाँलाई प्रदान गरेकाे छ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएकाे दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको समापनमा रेडियाे मकवानपुरमा आवद्ध पत्रकार बानियाँलाई ‘जर्नालिष्ट अफ दी इयर’को पुरस्कार प्रदान गरेकाे हाे ।
पत्रकार बानियाँले नगद १७ हजार ५ सय सहित सम्मानपत्र प्राप्त गरेका छन् । पूर्व फुटबलर समेत रहेका बानियाँ रेडियो मकवानपुर, गोलनेपाल डटकम र साझाकुरा दैनिकमा आबद्ध रहेका छन् । फाेटाेग्राफीमा दक्षता राख्ने बाँनीयाले पुरस्कार प्राप्त गरेपछि आफुलाई पत्रकारिता गर्न थप हाैसला मिलेकाे बताएका छन् ।