त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सिंगापुरविरुद्ध नेपाल विजयी

पारस खड्काकाे टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक
निरन्तर न्यूज
१२ आश्विन २०७६, आईतवार ०८:०२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको शानदार शतकसँगै सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ । पारसको शतकसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको हो । पारस खेलमा म्यान अफ द म्याच पनि बने ।

पारसको यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो । उनले केवल ४९ बलमा आफ्नो ऐतिहासिक शतक पूरा गरेका हुन् । इतिहास रच्नेक्रममा उनले ६ चौका र १० छक्का प्रहार गर्दै १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहार गर्दै शतक पुरा गरे ।

कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोड्दै अविजित रहे ।

१ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए । उनले ३९ बल खेल्दै ५ चौकासहित ३८ रन जोडेका हुन् ।

त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका हुन् । यो उनीहरुको कीर्तिमानी शतक हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु