नेपाली राज्यब्यबस्था सुहाउँदो समावेशी समतामूलक राष्ट्र निर्माण गराैँ

सन्जीत दुवाडी
११ आश्विन २०७६, शनिबार १२:१८

देशमा ब्यबस्था परिवर्तन भएसङ्गै अब अवस्था परिवर्तनको एकदमै खाँचो छ।  यसको निम्ति अब हामिले गर्नुपर्ने कुराहरु के के हुन् ? त्यो मार्ग निर्देशन सिद्धान्त पहिल्याउनु अहिलेको मुख्य चुनौती हो ।

यो देशमा हरेक आन्दोलन सङ्गै एउटा न एउटा ब्यबस्था परिवर्तन हुँदै आएको छ । नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलनबाट तत्कालीन १ सय ४ वर्षिय जहानिया राणाशासनको अन्त्य होस् वा सशस्त्र माओवादी युद्धबाट २ सय ४० वर्षिय निरङ्कुस एकात्मक राजतन्त्रको अन्त्यहाेस ।  संविधान सभाको घोषणा सङ्गै गणतान्त्रिक नेपालको घोषणा यी नेपालमा भएको विशेष राजनैतिक परिवर्तन हुन् ।

त्यस्तै मधेस आन्दोलनबाट संघीयताको बहसले पनि केहिहदसम्म स्थान पाई कार्यन्वयनको दिशामा अघि बढेको छ त्यस्तै विभिन्न आदिवासी जनजाति दलित मुस्लिम लगाएत अन्य पिछडिएको जातिहरुको आन्दोलन बाट निर्देसित पहिचानको मुद्धा पनि उत्तिकै जोडतोडका साथ उठिरहेका छन् । अहिले नेपाल यहि भुमरीमा रुमल्ली रहेको छ यसको सहिबाटो के हुनसक्छ त्यो अहिलेको मुख्य प्रश्न हो । तर यहाँका दलहरु यो बिषयमा कुनै चासो दिरहेको देखिदैन जहाँसम्म अहिले सरकारको नेतृत्व गरिरहेको डबल नेकपा छ उसको आफ्नै कथा अनि ब्यथा छ किनकी उसको तत्कालीन समय जुन दुई पार्टी बिच एकीकरण भयो त्यतिबेलाको एमाले र माओवादी उनिहरु विचारको आधारमा नभै संख्याको आधारमा एकता गरिरहेका थिए ।

किनकी तत्कालीन माओवादी गिर्दो अवस्थामा थियो उसको रास्ट्रीय राजनीतिमा खासै प्रभाव थिएन भने तत्कालीन एमाले भ्रमको खेती गरेर अन्धरास्ट्रवादको भजन गाउँदै रास्ट्रीय परिवेशको राजनितिमा हावी भैरहेको थियो। त्यतिबेला दुईवटैको राजनैतिक बैचारिक स्वार्थ भन्दापनी शक्ति स्वार्थमा साँठगाठ भयो र हतारमा आफ्ना बिचार, नीति, सिद्धान्त लाई लात मार्दै संख्यामा गठजोड भयो।

उनिहरुले नेकपा भन्ने एउटा नाम मात्रको नक्कली कम्युनिस्टको नाममा कमाउनिस्ट पार्टी खडा गरे र चुनावमा बहुमत पनि हाँसिल गरि सरकारको नेतृत्व गर्दै दुईबर्स ब्यतित गर्दैछन् । उनिहरुले जनतामा विभिन्न किसिमका विकासका सपना नदेखाएका होइनन् पानीजहाज चलाउने देखि रेल र घरघरमा ग्यासका पाइपसम्म भन्न भ्याए तर त्यो कसरी पूरा गर्नसकिन्छ भन्ने न भिजन छ न प्लान त न नेतृत्वको दृढ इच्छाशक्ति नै हावैहावाको भरमा चलेको यो सरकार कता गएर ठोक्किने हो र बिस्फोट हुने हो त्यो हेर्न बाँकि छ ।

लेखक : सन्जीत दुवाडी

सरकारको नेतृत्व समालेको केही समयमा विभिन्न कुराहरु सुन्नमा आए कहिले ३३ किलो सुनका दोसि समातिएका त कहिले यातायातमा रहेको सिण्डिकेटको अन्त्य कहिले एनसेलमा भएको घोटाला त कहिले नेपाल टेलिकमको फाेरजी सेवा खरिदमा भएको घोटला देखि वाइडवडी जहाज खरिदमा अर्वौँका घोटला त प्रधानमन्त्री निवास खरिदबिक्री का कुरा हुँदै जघन्य बलात्कार पछि हत्याको घटनासम्म आइपुग्दा यो सरकारले ल्यायो विभिन्न घोटाला प्रकरणका फेहरिस्त अब कार्वाही गर्ला भनेको त जता जुन घोटाला कान्डमा हात हाल्दै जान्छ अलिकती अनुसन्धान सुरुहुन नपाउदै आफ्ना मान्छेहरु आफ्ना पार्टीका नेता कार्यकर्ताहरु मुछिन थाल्छन् अनि छानबिन प्रक्रिया नै स्थगित हुन्छ र कुनैपनि घोटालाको निस्पक्ष छानबिन हुनै सकेन र एकपछी अर्को विभिन्न बहाना र नाममा पक्राउ परेकाहरु छुट्दैगए। विभिन्न हत्या, हिंसा, बलात्कारका घटना दिनहुँ उत्तिकै घट्दै गएकाछन् कसैको दोषी पत्ता लाग्दैन यस्तो दुरावस्थामा गुज्रिएको डवल नेकपाको कम्युनिस्ट सरकार कहिले साम्यवादको ढोङ फुक्छ त कहिले समाजवादको हुँदाहुँदा अहिले आइपुग्दा त चिनियाँ नेता (राष्ट्रपति) सिजिनपिङ को बिचारमा नजिक भएको भन्दै सिबिचारधारामा चिनियाँ नेताबाट प्रशिक्षणसम्म पनि लिइसकेकाे अवस्था छ ।

अर्को आफुलाई भन्दा अरुलाई फिटिक्कै लोकतान्त्रिक शक्ति नदेख्ने नेपाली काङ्ग्रेस पनि समाजवादकै ढोङ पिटिरहेकै छ तर उसलाई अझैपनी थाहा छैनकि समाजवाद भनेको के हो ? र नेपालमा समाजवाद कसरी आउँछ र कसरी स्थापना हुन्छ। उ आफ्नै पार्टी भित्र गन्जगोलको स्थितीमा रुमल्लिरहेको छ उसले आन्तरिक पार्टी सिस्टम ब्यबस्थापन गर्न सकिरहेको छैन। र उपनी भन्न त खुलेआम नेकपाले जस्तो सिबिचार धाराको प्रशिक्षण र व्याख्या नगरे पनि तथापि उसको व्यबहार र उसको नेताहरुको सार्वजनिक भासणहरुबाट बुझिन्छकी उ पनि छिमेकी रास्ट्रका प्रधानमन्त्री मोदिपथ तिरनै ढल्केको स्पष्ट देखिन्छ केही नेताहरु भन्न थालेकाछन् नेपाल सनातन हिन्दुराज्य बाट र राजतन्त्र बाट बिमुख हुनसक्दैन ।

त्यसैले नेपाली राज्यब्यबस्था सुहाउँदो समावेशी समतामूलक रास्ट्र निर्माणको निम्ति “नत हामिलाई सिपथ चाहिएको छ न मोदिपथ नै केवल हामिलाई चाहिएको छ त नेपाली माटो सुहाउँदो नेपाली पथ त्यो हो संघीय समुन्नत समाजवादी पथ” । त्यो पुरा गर्ने क्षमतावान् र दृढ ईच्छाशक्ति भएको एकमात्र नेता ब्यक्ती डा बाबुराम भट्टराई अनी समाजवादको यात्रा निस्चित गरेर हिंडेको पार्टी समाजवादी पार्टीले नै अहिलेको यो मुख्य कार्यभार पुरा गर्नसक्छ भन्ने हाम्रो मुल्यांकन छ । डा भट्टराई यस्तो बिचारक भिजनरी दुरदर्सि भएको नेता हुन् उहाँले जुन लक्ष्य र उध्यस्य बोकेर राजनैतिक यात्रामा होमिए त्यो विभिन्न चरणमा पूरा हुँदै गएकाछन् त्यसैले अझपनी विस्वास छ उहाँले कोर्नुभएको समाजवादको मार्गनिर्देशनले देशमा समृद्धिको बहार छाउनेछ ।

अन्तमा मेरो सबै आमजनसमुदायमा के अपिल छ भने एकयुगमा जन्मिने एक महान् ब्यक्ती र बिचारलाई चिन्न ढिला नगरौं एकपटक डा बाबुराम भट्टराईको बिचारलाई सबैले आत्मसात गर्दै साथ र सहयोग गरौं देशमा आर्थिक समृद्धिको क्रान्ती छाउनेछ ।

धन्यवाद !

गाेरखा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*