राप्तीपुलमा बसकाे ठक्करले एककाे मृत्यू, भिमफेदीमा ट्रयाक्टर पल्टिदा बस्नेतकाे ज्यान गयाे

निरन्तर न्यूज
९ आश्विन २०७६, बिहीबार १८:१७

हेटौंडा। मकवानपुरको जिल्लाकाे भीमफेदी गाउँपालिका वार्ड नम्बर ६ माण्डुमा भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुलेकाे छ साथै हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १० राप्ती पुल नजिकै बसको ठक्करबाट मुत्यु भएकाकाे पनि पहिचान खुलेकाे प्रहरीले जनाएकाे छ ।

बिहिबार बिहान  भिमफेदी गाउँपालिकाकाे माण्डु नजिककाे सडकमा  ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित ४ जना घाइते भएका घाइते भएका मध्य एक जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको थियो।

मुत्यु हुनेमा भिमफेदी ३ का उमेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यसैगरी  ट्रयाक्टर पल्टिदा घाइते हुनेमा भिमफेदी ३ बस्ने १८ बर्षीय दुर्गा कार्की, २० बर्षीय राजु बस्नेत र १७ बर्षीय राजिव पोखरेल रहेको प्रहरीले जनाएकाे छ । घाइते तिनै जनाको हेटौंडामा उपचार भइरहेको समेत प्रहरीले बताएकाे छ।

त्यसैगरि सिलगुडीबाट काठमाडौं तर्फ जाँदै गरेको  ना ५ ख ७९४२ नम्बरको यात्रु बसले हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १०  स्थित राप्ती पुल नजिकै ठक्कर दिदा मुत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मुत्यु हुनेमा हेटौंडा ११ डेरा गरी बस्ने चश्म भक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*