फुटबल स्ट्राइकर लियोनल मेस्सी घाइते

काठमाडौँ । फुटबल स्ट्राइकर लियोनल मेस्सी घाइते भएका छन् । भिल्लारियलविरुद्धको खेलमा उनी घाइते भएका हुन् ।
मिडिया रिपोर्टका अनुसार मेस्सीको तिघ्रामा समस्या देखिएको छ । दोस्रो हाफको सुरुमा नै मेस्सीले मैदान छोडेका थिए ।
बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भल्भरडेले मेस्सीको समस्या सामान्य खालको रहेको जानकारी गराएका छन् ।
एक दिन अगाडि मात्र मेस्सीले फिफाबाट सर्वोत्कृष्ट खेलाडीको उपाधी चुमेका थिए ।