बुढिगण्डकीमा भैरहेको चरम लापरबाहीप्रती समाजवादी पार्टी गाेरखाकाे ध्यानाकर्षण

निरन्तर न्यूज
७ आश्विन २०७६, मंगलवार ०८:४७

गाेरखा । राष्ट्रीय गौरवको आयोजना बुढिगण्डकीमा भैरहेको चरम लापरबाही, ढिलासुस्ती तथा सरोकारवाला निकायको गैरजिम्मेवार हर्कत प्रती समाजवादी पार्टी गोरखाले जनसरोकारवाला निकाय र आमजनसमुदायमा ध्यानाकर्षण गरेकाे छ ।

पार्टी अध्यक्ष नारायण खत्रीद्वारा जारी बिज्ञप्तीमा ‘निर्माणकाे पूर्व सन्ध्यामा नै मुआब्जा वितरण प्रक्रियाप्रति राज्यपक्ष उदासिन देखिनुले सरकारकाे समृद्धि भाषामा मात्रै सिमित रहेकाे स्पष्ट बुझ्न सकिन्छ ‘ भनिएकाे छ । असाेज ४ गते गाेरखामा भएकाे सर्वपक्षिय छलफलमा गाेरखा र धादिङका प्रमुख जिल्ला अधिकारीहरु उपस्थित नहुनु तथा आयाेजना प्रमुखकाे भागदाैड देख्दा राज्यपक्ष आयाेजना बनाउने भन्दा पनि भत्काउने तर्फ अग्रसर भएकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

गलत र तानाशाही शैलीकाे अन्त्य गरि आयाेजनाकाे काम अघि बढाउन समाजवादी पार्टीले सरकारलाई जिम्मेवारी शैलीमा प्रस्तुत हुन आग्रह समेत गरेकाे छ ।

घर जग्गाधनीहरुलाई उचित मुआब्जा वितरण गरेर आयाेजनकाे काम अगाडि बढाउन विज्ञप्ती मार्फत् आग्रह गरिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*