राप्ती नदिमा एक युवाकाे शव भेटियाे

हेटौंडा। मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर ९ रजैया स्थित राप्ती खोलामा एक व्यक्तिको शव भेटिएकाे छ ।
स्थानियले डुबेको अवस्थामा शव फेला परेपछि प्रहरीलाइ खबर गरेका थिए। शव थाहनगर बस्ने अन्दाजी २३/२४ बर्षीय अनिल बिष्टको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।
शवलाई अहिले हेटौंडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले जनाएकाे छ ।