एनआरएनको आगामी अध्यक्ष पदमा कुमार पन्तकाे उम्मेदवारी घोषणा
काठमाण्डाैँ । गैरआवासीय नेपाली संघ नवौं एनआरएनको आगामी नवौं विश्व सम्मेलन तथा महाधिवेशनको अध्यक्ष पदका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गर्नुभयको छ ।
शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रम आयोजना गरी उनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभयको हो ।कुमार पन्त वर्तमान कार्यसमितिको अन्तर्राष्ट्रिय समन्वय परिषद् नवौं आईसीसीमा उपाध्यक्ष छन् । संगठनमा महासचिव समेत भइसकेका कुमार पन्त गोरखाको फुजेलका बासिन्दा थिए भने हाल जर्मन नागरिक हुन् ।
उनले आफू विजयी भएपछि एनआरएनको सदस्य निःशुल्क गराउनेलगायत एनआरएनको लागि महत्वकांक्षी कार्यक्रम पनि अघि सारेका छन् ।
घोषणा कार्यक्रममा उनले प्रतिवद्धता पत्र समेत सार्वजनिक गर्दै ‘राम्रो एनआरएन, हाम्रो एनआरएन’ बनाउन इमान्दरिपूर्वक काम गर्ने प्रतिज्ञा समेत गरे । नवौं महाधिवेशनका लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने पन्त पहिलो हुन् ।