अप्सरा ढुंगानाकाे नेतृत्वमा महिला एकता समुह गठन

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरिएकाे छ ।
वडा ९ काे ज्यामिरे सिरान टोलमा समाजमा हुने महिला हिंसालाई निरुत्साहित गर्ने उद्देश्यले ‘ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह’ गठन गरिएको हो । महिला अगुवा अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय एकता समूह गठन गरेको हो ।
समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिब चम्फा खाती, कोषाध्यक्ष सविना कार्की, सह-सचिव कबिता सुनार रहेका छन् । त्यस्तै नव गठित समूहकाे सदस्यहरु रन्जिता भारती, गंगा पुरी, रमिला सुनार, चन्द्र कुमारी, संगिता सुबेदी, जानुका खत्री, भगवति सुबेदी (क), भगवती सुबेदी (ख), लक्ष्मी थिङ, सबिता सुनार, रन्जना सुबेदी, गोपी सुबेदी, सुमित्रा सुबेदी चयन भएका छन् ।
अबको दिनमा महिला दिदीबहिनीहरुले पनि आफ्नो देश गाउँ समाजमा केही गर्न सकिन्छ र समाजलाई सहज ढंगले बिकासको यात्रामा महिलाको पनि भूमिका हुन पर्छ भन्ने ध्येयका साथ समूह गठन गरिएको बताइएकाे छ । आगामी दिनहरुमा जनचेनमुलक कार्य गर्ने योजना रहेको समुहको अध्यक्ष अप्सरा ढुंगानाले बताउनु भयो । त्यस्तै चन्द्र कुमारी भारतीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिकाे सदस्यहरुमा बिमला सुबेदी, नानु तिवारी, ईश्वरी गिरी, साइली माया गिरीलाई छनाैट गरिएकाे छ ।
बिमला पराजुलीको संयोजकत्वमा सरिता सुबेदी, गोमा अधिकारी, प्रमिला सुनार, सबित्री ढुंगाना सदस्य रहेकाे अनुगमन समिति समेत चयन गरिएकाे छ ।