पोखरीमा डुबेर १ महिलाको मृत्यु

महोत्तरी। शनिबार राति बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर १ महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० वर्षीया श्रीमती मिना सुबेदी रहेकी छिन् ।
शनिवार राति मिना बिजलपुरा चल्कीटोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी थिईन् । माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ ।
मिना र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए ।