थाहाले जित्याे जिल्ला स्तरीय भलिवल प्रतियोगिता

हेटौंडा । हटिया स्पाेर्टस एकेडेमीले आयोजना गरेको केशवलाल श्रेष्ठको स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि खेलकुद विकास समिति थाहा नगरपालिकाले हात पारेकाे छ ।
उपाधिका लागि शनिबार भएको खेलमा बज्रबाराहीलाई २५:२३, २५:२१ र २६:२४ को प्रतिस्पर्धी सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले उपाधि हात पारेको हो । जितसंगै थाहानगर खेलकुद विकास समितिले नगद ८० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता बज्रबाराहीले ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा जिल्लाका १३ टिमले सहभागिता जनाएका थिए ।