गैर आवासीय नेपाली संघ यूकेमा पुनम गुरुङ, सहकाेषाध्यक्षमा सकुन निर्वाचित

निरन्तर न्यूज
५ आश्विन २०७६, आईतवार ०८:०७

काठमाण्डाैँ । गैर आवासीय नेपाली संघ (एनआरएन एनसिसि यूके २०१९-२१) काे कार्यकालकाे लागि पुनम गुरुङ विजयी भएकि छिन् ।

“हाम्रो एनआरएनए,राम्रो एनआरएनए” तथा “सबै हात एकै साथ” भन्ने  सामाजिक भावनालाई आत्मसाथ गर्दै उम्मेदवारी दिएकी पुनम सँगै सह काेषाध्यक्षमा जुझारु महिला शकुन गुरुङ विजयी भएकाे प्रमुख निर्वाचन आयुक्त मेजर डमर घलेले जानकारी दिएका थिए।

एनआरएन यूकेमा अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय पुनम गुरुंङ र शेर सुनारको उम्मेदवारी परेको थियाे ।

यहि सेप्टेम्बर १४ मा एनसिसि यूके २०१९-२१ काे नवाैँ साधारणसभाबाट सकुन निर्वाचित भएकि हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि पुनमले प्रजातान्त्रिक प्रक्रियामा जीत र हारकाे निर्णयलाई सम्मान र स्विकार गर्नै भन्दै आफु र आफ्नाे एनआरएन यात्रालाई सहयाेग गर्ने सबैलाई धन्यवाद भनेकी छिन् ।

सामाजिक अभियन्ताकाे रुपमा आफ्नाे पहिचान बनाएकी जुझारु महिलाहरु निर्वाचित भइरहदा यस पटक नेतृत्वसँग नयाँ नीति तथा कार्यक्रमकाे अपेक्षा आम युकेवासी गैर आवासीय नेपालीले गरेकाे बुझिएकाे छ ।

एनआरएन यूकेको केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० / १० गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंग्ल्याण्ड राज्य परिषद एवम् एनआरएन यूके केन्द्रीय समितिका सबै पदमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेको थियाे ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु