६ जना यात्रु र जिप गोताखोर टोलीले पनि भेट्टाएन

संखुवासभा । मंगलबार राति अरुण नदीमा जिप दुर्घटना हुदाँ बेपत्ता भएका ६ जना यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोली फर्किएको छ ।
गोताखोर टोलीले तिन दिनसम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि टोली काठमाण्डौं फकिएको हो ।
बेपत्ताको खोजी गर्न नयाँ प्रविधि नभएका कारण खोजी कार्यमा समस्या भएको टोलीले जनाएको छ । बेपत्ता जिप र यात्रुको खोजी गर्न विहिबार गोताखोरको टोली घटना स्थल पुगेको बताइएकाे थियो । बेपत्ता यात्रुको खोजी चितवनबाट सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली घटना स्थलमा खटिएका थिए ।
बिरामी बोकेर मंगलबार राति सदरमुकाम खाँदबारी बाट धरान जाँदै गरेको जिप राति साढे १० बजे धर्मदेवि नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो ।