शान्तिनगर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

हेटौँडा । हेटौँडा उपमाहनगरपालिका वडा नम्बर ५ मा रहेको शान्तिनगर टोल विकास संस्थाको ७औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको यस कार्यक्रम संस्थाका अध्यक्ष देब बहादुर बुढाथोकीको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ५ नम्बर वडा अध्यक्ष राजेश बानीयाँले विकाश र्निमाणको लागि स्थानिय प्रतिनिधि मात्रै तातेर कहिले पनि विकाश हुदैन । स्थानिय आफुपनि अघि बढ्नुपर्छ र विकाश र्निमाणमा अवरोध गरेमा त्यसलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ, उनले बताए । यस्तै संस्थाका संस्थापक अध्यक्ष चेत प्रसाद दाहालले कर्रा खोला तटबन्धनका लागि आएको बजेट अन्यत्र जान दिन हुँदैन, यसको संरक्षण गर्नुपर्छ, बर्षेनि डुबानमा पर्दै आएको शान्ति नगर सरकारले नदिमा ध्यान दिएर थोरै पनि उत्खनन् गरे खोला गहिरिएर जाने उनले बताए । संस्थापक अध्यक्ष चेत प्रसाद दाहाल र जेष्ठ सदस्य टिका देवी ढुङ्गानालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा समन्वय समितिका सदस्य कृष्ण बजागाई, समृद्धि टोल विकास समितिका अध्यक्ष सञ्जिव सापकोटा, महिला सदस्य अम्बिका गौतम, वडा सदस्य केशव श्रेष्ठ, देवी दाहाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको आय व्ययको विवरण पनि प्रस्तुत रहेको थियो । आय व्ययको विवरण गोपाल पाठले प्रस्तुत गरेका थिए ।