चाडबाडमा अपराधिक गतिविधि हुन नदिन मकवानपुर प्रहरीकाे आग्रह

निरन्तर न्यूज
३ आश्विन २०७६, शुक्रबार २०:५४

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आउदै गरेको चाडपर्वलाई लक्षित गर्दै हुने अपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाउन समुदायमा आग्रह गरेको छ ।

विजयदशमी,शुभ दिपावली र छठ पर्व २०७६ को पावन अवसारमा सुभकामना दिदै मकवानुर प्रहरीले निम्न कुराहरुमा ध्यान दिन नागरिकलाई अनुरोध गरि जनचेतनकाे निमित्त सूचना समेत जारी गरेकाे छ ।

प्रहरीेले गरेकाे अनुराेध

 घर,कोठा छोडेर जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजीकको विश्वासिलो छिमेकी तथा प्रहरीलाई खबर गरी जानुहोस् ।

 आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पस्ट नाम, थर, वतन खुलाई फोटो सहितको अभिलेख राख्नुहोस् ।

 बहुमुल्य गररगहना लगाएर कुने मेला, पर्व तथा भिडभाडमा नजानुहोस् र जानै परेमा चनाखो रहनुहोस् ।

 भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पकेटमारी हुन सक्ने हुदाँ चनाखो रहनुहोस् ।

 यात्राको क्रममा अपरिचित मानिसहरु सँग धैरै घुलमिल भई व्यक्तिगत गोप्यता नखोल्नुहोस् र उनीहरुले दिएको कुनै पनि खाने कुराहरु नखानुहोस् ।

 नक्लली सुन तथा डलर साट्ने नाममा तपाईलाई झुकाउन सक्छन्, कुनै पनि कुराको लोभमा नपर्नुहोस्, शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।

 घर टोल सुरक्षाका लागि सबै मिलि सिसिटीभी इमरजेन्सी साइरन जडान गरी सुरक्षाका उपायहरु अपनाउनुहोस्

 चाड पर्वको नाममा कानुन द्धारा प्रतिव्धित तास, जुवा नखेल्नुहोस् र खेल्न नदिनुहोस् ।

 चाड पर्वमा प्रयोग हुने पटका, भुईचम्पा, आतसवाजी लगायतका विष्फोटक पर्दार्थले मानविय, भौतिक एवं वातावरणिय क्षति पुग्ने भएकाले यसको प्रयोग नगरौ नगर्नुहोस् ।

 आफ्नो टोल छिमेकमा अपरिचित व्यक्तिहरु घुमफिर गरिरहेको देखेमा निगरानी राख्नुहोस् र नजिकको प्रहरीलाई खबर गर्नुहोस् ।

 नशालु वा मादक पर्दार्थ सेवन गरी सवारि नचलाउनुहोस् र सुरक्षित रुपमा यात्रुलाई गन्तव्यसम्म पुर्याउनुहोस् ।

 चाड पर्वको अवसर पारी चिट्ठा, चन्दा भेटी, अनिच्छित सहयोगहरु नमाग्नुहोस् ।

 कुनैपनि समस्या परेमा नजिककोप्रहरीलाई खबर गर्नुहोस् तथा १००, ९८५५०९०१५०, ९८५५०७९३९९ नम्वरमा फोन गर्नुहोस् ।

यसरी नागरिकलाई मकवानपुर प्रहरीले अपराध नियन्त्रण तथा अपराध रहित समाजको निर्माणमा सहयोग गर्न आग्रह समेत गरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*