आदिवासी जनजाति मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन

निरन्तर न्यूज
३० भाद्र २०७६, सोमबार २०:४६

आदिवासी जनजाति मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन
हेटौंडा, ३० भदौ/नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन लामा चयन भएका छन् ।
आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा सोमबार भएको भेलाले लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
भेलाले उपाध्यक्षद्वयमा फुलमाया लामा र विनय प्रजा, सचिव चट्टान स्याङतान, कोषाध्यक्ष कृष्णमाया राई, सहसचिव कान्छीमाया लो, सदस्यहरु युवराज वाईबा, विष्णुबहादुर प्रजा, सुनबहादुर तामाङ, राजेन्द्र रुम्बा, र विनोद पाख्रिन चयन भएका छन् ।
त्यसैगरी दीपक मोक्तानको अध्यक्षतामा ११ सदस्यीय नेपाल तामाङ संघ मनहरी गाउँपालिकासमेत गठन गरिएको छ ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकार एवं मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य राजिव सुवेदी, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, महाधिबेशन प्रतिनिधि जानकी लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*