आजबाट सोह्रश्राद्ध सुरु

निरन्तर न्यूज
२८ भाद्र २०७६, शनिबार १६:०६

काठमाण्डाैँ । आष्विन कृष्णपक्षको प्रतिपदा तिथिबाट सुरु हुने सोह्रश्राद्ध आजबाट सुरु भएको छ । आमाबस्य सम्मको अवधिलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भन्ने गरिन्छ ।

आष्विन कृष्ण पक्षको प्रतिपदाबाट सुरु भई औषिसम्म आफ्ना परिवारका दिवगंत व्यक्तिको नाममा पण्डितलाई बोलाएर श्राद्ध गर्ने प्रचलन छ । २०७६ सालमा सोह्रश्राद्ध भाद्र २८ गते शनिबार बिहान ८ः४१ बजेबाट सुरु भई आष्विन ११ गते शनिबार राती १२ः२२ बजेसम्म छ ।

परिवारका सदस्यको मृत्यु भएको तिथिमा गरिने एकोदृष्ट श्राद्धमा दिएको अन्न तथा जल बर्सभरिनै पितृहरुले प्राप्त गर्छन भन्ने शाष्त्रिय मान्यता छ । सोह्रश्राद्ध सकिनासाथ नवरात्री सुरु हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*