खानेपानी बोर्डको डिजीटल सूचना पार्टीकाे मेयरले गरे उद्घाटन

हेटाैँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको डिजीटल सूचना पार्टीको आज (शुक्रबार) उद्घाटन गरिएको छ ।
आज हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डिजीटल सूचना पार्टीको उद्घाटन गरेका हुन् । मेयर महतले आफु भन्दा पहिले राष्ट्रकाे हितकाे बारेमा साेच्न सके मात्र विकासले गति लिने बताएका थिए ।
कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बितेको आर्थिक वर्षको आम्दानी खर्च र योजनाको बिवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाेर्डका अध्यक्ष प्रताप विष्टले आगामी २ वर्ष भित्रमा अहिले वितरण गरिएकाे पानीलाई अझ बढि शुद्ध र पिउने पानी बनाएर हरेककाे घर घरमा धाराबाट सिधै खानयाेग्य बनाउने लक्षका साथ अघि बढेकाे बताए । अध्यक्ष विष्टले रात्रीकालिन पानीका पाइपलाइनहरु मर्मत गर्ने सेवा समेत शुरु गरेकाे जानकारी दिए ।
हेटाैँडाका उपभाेक्ताहरुलाई खानेपानीकाे महशुल ईसेवा मार्फत भुक्तानी गर्ने व्यवस्था समेत मिलाइएकाे अध्यक्ष विष्टले जानकारी दिए ।