पत्रकार उपचार कोषलाई मेयरले हस्तान्तरण गरे चार लाख

निरन्तर न्यूज
२७ भाद्र २०७६, शुक्रबार १७:५२

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा आज हेटौंडा उपमहानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपचार कोषमा चार लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । उहाँले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, पत्रकार उपचार कोषका संयोजक तथा महासंघका उपाध्यक्ष सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्त रुपमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण गर्दै मेयर महतले आगामी दिनमा पनि महासंघलाई सहयोग गर्ने वताउनुभयो । आफ्नो कार्यकाल भरीमा उपचार कोषमा अरु रकम पनि सहयोग गर्ने मेयर महतले बताउनुभयो । महासंघको आग्रह अनुसार उपचार कोषमा रकम सहयोग गरिएको उहाँको भनाई छ । व्यक्तिगत सहयोग भन्दा पनि संस्थागत रुपमा आफु सहयोग गर्न तयार रहेको वताउनुभयो । पत्रकारले दुख पाएको बेलामा उपमहानगरपालिका सधै साथमा रहेको उहाँले वताउनुभयो ।

नगरवासीहरुलाई सुख पाएको वेलामा होईन दुख पाएको समयमा सहयोग गर्दै आएको वताउँदै मेयर महतले भन्नुभयो–‘हेटौंडा पदमपोखरीमा मसानघाटमा बस्दै आएको परिवारलाई पनि उद्धार गरेर छुट्टै घर निर्माण गर्दै छौ । अरु पत्रकारहरु बिरामी परेको समयमा सहयोग पुग्ने उदेस्यले यो रकम हस्तान्तरण गरिएको हो ।’

सहयोग रकम बुझ्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले उपचार कोषमा हाल सम्म नौ लाख रुपैयाँ संकलन गरिएको वताउनुभयो । यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले दुई लाख रुपैयाँ र शिवम सिमेन्ट उद्योगले तीन लाख रुपैयाँ सहयोग गर्नुभएको वताउनुभयो ।

मकवानपुरका पत्रकार गम्भिर रुपमा बिरामी परेमा उपचार कोषको व्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको अध्यक्ष हुमागाईले वताउनुभयो । कोषको रकमले दुखमा अस्पतालमा परेको समयमा सहयोग गनेगरी कोषको स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु