प्रदेश ३ मा मात्रै डेँगुका विरामी ४ हजार पुगे

हेटौंडा । देशैभर डेँगुकाे विरामी बढिरहेकाे र संघीय संसदमा पनि डेँगु राेगकाे नियन्त्रणबारे चर्चा चलिरहेकाे बेलामा प्रदेश ३ काे सरकारले पनि यस बारे अभियान सन्चालन गरिरहेकाे बताएकाे छ ।
यसै क्रममा ३ नम्बर प्रदेश भरीमा अहिले सम्मकाे तथ्याक अनुसार ३ हजार ७ सय ६६ जनामा डेंगु देखा परेको सामाजिक विकास मन्त्रालषले जनाएकाे छ । हाल सम्म ३ नम्बर प्रदेशका १३ वटा जिल्लामा चार हजार जनाकाे हाराहारीमा डेंगुका बिरामी फेला परेका छन् । १३ जिल्ला मध्यमा सबै भन्दा वढी चितवनमा एक हजार ४ सय ६० जना बिरामी फेला परेका छन् ।
मकवानपुरमा ७ सय २८ जना, काठमाण्डौमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेश ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालले वताउनुभयो । अन्य जिल्लामा भने यी जिल्लाको तुलनामा थोरै मात्र बिरामी फेला परेका छन् । दाेलखा, रामेछाप, सिन्धुली र रसुवा जिल्लामा डेँगुका विरामी नरहेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख गरिएकाे छ ।
प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री दुलालले डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाईएको वताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकर सम्मेलनमा बोल्दै उहाँले प्रत्यक हप्ता डेंगु नियन्त्रणका लागि हरेक स्थानीय तहमा र जिल्लामा स्तरमा अभियान चलाईने वताउनुभयो ।
‘सबै जागौ, सबै लागौ वरीपरी जमेको पानी हटाई डेंगु भगाऔं’ डेंगु नियन्त्रण बिषयक पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यो अभियानमा सबै क्षेत्र एकै पटक जुट्नका लागि आग्रह समेत गर्नुभयो । प्रदेश तहका अस्पतालमा डेंगु परिक्षण गर्ने किटको अभाव नभएको मन्त्री दुलालले वताउनुभयो । यसैगरी प्रदेश तहका ६ वटा जिल्ला अस्पतालमा पनि डेंगुका विरामीका लागि संघिय सरकारकाे सहयोगमा ३ सय वटा झुल वितरण गरिएको वताउनुभयो ।
प्रदेश ३ मा डेंगुको अवस्था र डेंगु नियन्त्रण गर्न मन्त्रालयले सुरु गरेको अभियान