प्रहरीले सुरक्षित स्थलमा लगेर ३ सय ९३ किलाे गाँजा जलायाे

निरन्तर न्यूज
२६ भाद्र २०७६, बिहीबार ०७:४६

हेटौंडा। मकवानपुर प्रहरीले  भदाै महिनाकाे २० गते सम्ममा बरामद गरेको लागुऔषध गाँजा लगायतका अन्य लागु औषध जलाएर नष्ट पारेकाे छ । जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशडी खोलामा उक्त लागु औषध जलाएर नष्ट गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु  कारबाहीको प्रक्रिय पुरा गरि ३ सय ९२ कलो ८५५ ग्राम लागु औषध गाँजा नाईट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४२ एम्पुल,लगायतका लागु औषध  पत्रकार तथा विभिन्न स‌ंघ संस्थाका प्रतिनिधकाे राेहवरमा जलाएर नष्ट गरेको हो ।

लागुऔषध नष्ट गर्ने क्रममा मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मदन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक पवन कुमार झा,पत्रकार, प्रहरी सेवा केन्द्र तथा उपभोक्ता मञ्च मकवानपुरका प्रतिनिधिहरुकाे उपस्थितिकाे रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु