कानूनि सहजकर्ता अभिमुखिकरणको मुख्यमन्त्रीबाट उद्घाटन

निरन्तर न्यूज
२४ भाद्र २०७६, मंगलवार १३:१२

हेटौँडा । प्रदेश सरकारको पहिचान निःशुल्क कानूनि जन सहायता अभियान भन्ने नाराका साथ कानूनि सहजकर्तालाई दुइ दिने अभिमुखिकरण तालिमको आज हेटौँडामा शुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रमको आज मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका जिल्लामा रहेका समन्वय समिति, गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाका उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

करार गरिएका सहजकर्ताहरुलाई दुइ दिन सम्म अभिमुखिकरण गरिने मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बताउनुभयो । तथ्य निष्पक्ष तथा दबाब भन्दा अघि बढेर ६० प्रतिशत भन्दा बढि वादविवाद स्थानीय तहको मेलमिलापबाट टुंगिएको र वादी प्रतिवादीवीच हार्दिकता ल्याउने काम भएको मुख्य न्यायधिवक्त ओम प्रकाश थपलियाले बताउनुभयो ।

कार्यक्रममा मन्जु गौतम, लक्ष्मी पौडेल, कविता ढुंगाना लगायतले आफ्नो धारण राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*