मनकामनाकाे केवलकार ५ दिनका लागि बन्द गरिने

निरन्तर न्यूज
२३ भाद्र २०७६, सोमबार १८:४५

चितवन । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ।

केबलकार भदौ २२ देखि २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको बताइएकाे छ। मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लि नारायण कायस्थले जानकारी दिए।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए। यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ।

केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*