मकवानपुर क्याम्पस सञ्चालक समिति अध्यक्षमा अनन्त पौडेल

निरन्तर न्यूज
२३ भाद्र २०७६, सोमबार १५:५५

हेटाैँडा ।  मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको क्याम्पसको साधरणसभाले पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । क्याम्पसको कार्यवाहक अध्यक्ष रहेका पौडेल यो पटक निर्विरोध भएका हुन् ।

८ जना निर्वाचित सदस्यकाे लागि शनिवार मतदान हुने क्याम्पसका एकजना सभासदले जनाए । सन्चालक समितिमा मनाेनित र निर्वाचित गरि १४ जना रहने बताइएकाे छ ।

त्यसैगरी साधरणसभाले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका हरि हुँमागाईलाई लेखा समितिको संयोजकमा निर्विरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*