लोकसेवा आयोगका पूर्वअध्यक्ष राईको निधन

संखुवासभा । लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको सोमबार निधन भएको छ । राई संखुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा विक्रम संवत १९९३ सालमा जन्मिएका थिए । ८४ वर्षीय राईको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दिवङ्गत राईको श्रीमती र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । राईको श्रद्धाञ्जलिका लागि निर्वाचन आयोगका आयुक्त दिनेश थपलिया र गृह सचिव प्रमकुमार राई र संखुवासभाका संघीय संसदका सदस्य राजेन्द्र गौतम पशुपति आर्यघाट पुगेका छन् । राई २०१७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।