जिल्लामा शान्ति सुरक्षा चुस्त हुन्छ : प्रमुख जिल्ला अधिकारी जाेशी

निरन्तर न्यूज
२२ भाद्र २०७६, आईतवार १७:३०

हेटाैँडा।  केहि दिन अघि ललितपुरबाट सरुवा भएर मकवानपुर आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन चुस्त राख्ने बताएका छन् ।

आज आफ्नै कार्यकक्षमा जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ जाेशीले मकवानपुरबाट गाँजा, लागुऔषध तथा अन्य गैर कानुनी कार्यकाे निराकरण गर्ने बताएका छन् ।

हेटौंडा बजारको २५ मिटर सडक विस्तार, गाँजा उत्पादन तथा बेचविखनमा राेक, राजमार्ग तथा काठमाण्डाैँ  जाने छाेटाे दुरीमा हुने अत्याधिक दुर्घटनाकाे बारेमा समेत आफुले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए ।

प्रजिअ जाेशीले जिल्लाकाे कारागारकाे अवस्था समेत बुझेर शान्ति सुरक्षाकाे पहलकदमी लिने बताउँदै यस्ताे कार्यमा सहयाेग र समन्वय गर्न पत्रकारहरुसँग उनले अनुराेध गरे ।

पत्रकारहरुले चाडपर्वको बेलामा हुने कालोबजारी, उपभोक्ता ठगिने, यातायातमा दोब्बर भाडा असुल्ने जस्ता क्रियाकलाप नियमित जस्तै भएकाे जानकारी गराउँदा प्रजिअ जाेशीले नजिकिदै गरेकाे दशैँमा टाटा सुमाेकाे भाडा दाेब्बर लिने, उपभाेग्य वस्तुमा मूल्य बढि लिने र कृतिम अभाव सिर्जना गर्ने जाे काेहीलाई पनि कानुन बमाेजिम कारवाही गरेर छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु