यस वर्ष दशैँकाे टीकाको साइत विहान १०:३५ बजे

निरन्तर न्यूज
२२ भाद्र २०७६, आईतवार १४:१३

काठमाडौं ।  यस वर्षको दसैं टीका असोज २१ गते परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । समितिले त्यसपछि दिनभर टीका लगाउन मिल्ने पनि जनाएको छ ।

घटस्थापनाको साइत १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । देवी विसर्जनको शुभ साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु