अमेरिकाको बोष्टनमा ‘तीज’ भब्यताका साथ मनाइयो

निरन्तर न्यूज
१८ भाद्र २०७६, बुधबार १२:०८

अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टनमा पनि नेपालमा झै हिन्दु महिलाहरुको महान चाड ‘हरितालिका तीज’ भब्यताका साथ मनाइयो।

गत अगष्ट ३१ तारिक शनिबारको दिन नेपाली महिलाहरुको विश्व सञ्जाल नेपाली वोमन्स ग्लोबल नेटवर्क,न्यू इंग्ल्याण्ड च्याप्टर,बोष्टनको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली महिलाहरुको उल्लेखीय सहभागिता रहेको थियो । सिमित श्रोत,साधन र समयका बाबजुद पनि कार्यक्रममा धार्मिक,साँस्कृतिक र परम्परागत हिसाबले हरसम्भब नेपाली पहिचान झल्काउने कोसिस गरिएको थियो । बिभिन्न नेपाली मिष्ठान्न परिकारहरुको ब्यवस्था गरिएको कार्यक्रमममा तीज लक्षित गीतहरुमा सहभागिहरुले धित मर्ने गरी छमछमी नाँचेका थिए भने थप सांगितिक माहोल सृजना गर्न डिजे राजनले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रति ब्यक्ति २५ डलर सहयोग शुल्क रहेको कार्यक्रममा चार सय बढी महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । यस बर्षको तीज ऐतिहासिक रहेको प्रति खुशी ब्यक्त गर्दै संस्थाकी अध्यक्ष शान्ती जोशीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोगी भूमिका खेल्ने र सहभागी हुने सबैलाई धन्यवाद् ब्यक्त गर्नु भयो । उहाँले मनोरञ्जनका साथै नेपाली धर्म संस्कृति,रितिरिवाज र परम्परालाई संरक्षण र संबर्द्धन गर्न सक्दो भूमिका निर्वाह गर्ने मुख्य उद्देश्यले नै कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको सफलताले थप उर्जा मिलेको भन्दै अध्यक्ष जोशीले भन्नु भयो, हामी निकै उत्साहित भएका छौं । भावी दिनमा यो चाडलाई धार्मिक,साँस्कृति र मनोरञ्जनको दृष्टिकोणले थप उपलब्धिमुलक बनाउन केन्द्रिकृत हुने छौं ।
यसै बिच सेप्टेम्बर २ तारिक ब्रतको दिन बोष्टन स्थित शिवालयमा नेपाली महिलाहरुका साथै भारतिय महिलाहरुको पनि उल्लेख्निय उपस्थिति रहेको थियो । उपस्थित महिलाहरुले धार्मिक तथा साँस्कृतिक परमपरा अनुसार भगवान शिव पार्वतीको पूजा आरधना गरेका थिए । हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चना सहित तपस्या गरेर भगवान शिव वर पाएको धार्मिक मान्यता,आस्था र बिश्वासका आधारमा यो चाड मनाइदै आइएको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले बिबाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित सुखद् दामपत्य जीवनको र अबिबाहित भए भगवान शिव जस्तै योग्य बर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ । तर पछिल्लो समयमा परिवर्तनका नाममा चाडको मुख्य मर्म नै मर्ने गरी चाड मनाउने परिपाटीले भित्रिएको बिकृति र बिसंगतिहरुका कारण भने सर्बत्र चिन्ता बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*