दैनिक दही खाँदा १० फाइदै फाइदा

निरन्तर न्यूज
१६ भाद्र २०७६, सोमबार १५:४३

दही तपाईं हामीमध्ये धेरैको फेवरेट खानेकुरा ! यतिमात्रै नभएर दहीको महत्व धेरै छ । कुनै पनि शुभकाम वा यात्रा अघि दही सगुनको रुपमा खुवाउने प्रचलन छ, यसले सो काममा सफलता दिलाउने र शुभ हुने मान्यता रहिआएको छ ।

यतिमात्रै नभएर दही स्वास्थ्यका लागि पनि बहुउपयोगी छ । यसमा केही यस्ता रासायनिक पदार्थ हुन्छन्, जसका कारण दूधको तुलनामा दही छिट्टै पच्छ पनि । जसलाई पेटका कैयन समस्यालाई दूर गर्छ । विशेषगरी पाचन शक्ति बढाउँछ ।

खाना राम्ररी पच्न थालेपछि भोक पनि समयमै लाग्छ । यसमा प्रोटीन, क्याल्सियम, राइबोफ्लेविन, भिटामिन बी जस्ता पोशकतत्व पाइन्छ । दाँत र हड्डी मजवुद् बनाउने क्याल्सियमको मात्रा दहीमा दूधको तुलनामा १८ गुणा बढि हुन्छ ।

१. पाचन शक्ति बढाउन

दहीको नियमित सेवन शरीरका लागि अमृत समान छ । यसले रगतको कमी र कमजोरीलाई पनि कम गर्न सक्छ । दूधले जब दहीको रुप लिन्छ, तब त्यो अम्लमा बदलिन्छ । यसले पाचनमा मद्दत पुर्याउँछ । जसलाई भोक कम लाग्छ, उसलाई दहीले निकै फाइदा गर्छ । त्यसैले पनि पाटी तथा सेमिनारहरुमा डेजर्टको रुपमा दहीको प्रयोग बढि हुन्छ ।

२. पेटको गडबडी रोक्छ

दही वा लस्सीको सेवनबाट पेट पोल्ने तथा पेटमा गडबड हुने सम्भावना कम हुन्छ । दहीलाई चामलमा मिसाएर पनि खान सकिन्छ । यस्तै सिंधे नुन दहीमा मिसाएर खानु पेटका अन्य समयस्याहरुका लागि पनि उपयोगी छ ।

३. मुटुको रोगका लागि पनि फाइदाजनक

अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले आंतको रोगलाई समेत फाइदा पुर्याउँछ । यस्तै दहीले मुटुरोग, हाई ब्लड प्रेसर नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । यसले कोलेस्ट्रोल बढ्नबाट रोक्ने र मुटुको धडकनलाई स्वभाविक अवस्थामा ल्याउन पनि सहयोग पुर्याउँछ ।

४. हड्डीको मजबुती

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ । यसले हड्डीको विकासमा सघाउँछ । साथै दाँतलाई मजवुद् बनाउन पनि यसले भूमिका खेल्छ । यसले मांसपेसीलाई सही ढंगले काम गर्न पनि सघाउँछ ।

५. तौल बढ्न मद्त गर्छ 

दूब्ला पातला व्यक्तिहरुलाई यदि दहीमा किसमिस, बदाम, छोकोडा मिसाएर खान दिएमा वजन बढ्न थाल्छ । दहीको सेवले शरीरमा रहेको अनावश्यक बोसोलाई पनि हटाउन सक्छ ।

६. सौन्दर्य

दही शरीरमा लगाएर नुहाएमा छाला कोमल र सुन्दर बन्दछ । यसमा कागतिको रस मिसाएर अनुहार, गर्दन, जस्ता अंगहरुमा लगाउँदा सुन्दरतामा निखारता आउँछ । साथै दहीको लस्सीमा मह मिसाएर खाएमा सुन्दरता बढ्न थाल्छ ।

७. कपालको सुन्दरता

दही या तरले कपाल धोएमा कपाललाई सुन्दर र आकर्षक बनाउन सहयोग पुग्छ । यसका लागि नुहाउनु अघि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्ने हुन्छ । त्यसको केही समय पछि कपाल धुँदा कपालको सुख्खापन निख्रिन्छ ।

८. पसिनाको दुर्गन्ध हटाउन

दहीमा बेसनको मिश्रणले शरीरमा मालिस गर्नुस् । त्यसको केही बेरपछि नुहाउनुस् । यसले पसिनाको दुर्गन्ध कम हुँदै जान्छ ।

९. बच्चाको दाँत निकाल्न

भर्खरै दाँत आउन लागेका बच्चालाई दहीमा मह मिसाएर चटाउनुस् । यसले दात सजिलै निस्कन मद्दत गर्छ ।

१०. अनिद्रा हटाउन

रातमा निद्रा नलागरेर चिन्दामा हुनुहुन्छ भने पनि दही वा तरको नियमित सेवनले अनिद्राको समस्या बिस्तारै कम हुँदै जान्छ ।

– एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु