‘भिजिट नेपाल’ २०२० लाई सफल पार्न प्रचारप्रसार गर्दै मकवानपुरे युवा कम्बाेडीयामा

निरन्तर न्यूज
१५ भाद्र २०७६, आईतवार १४:१४

हेटौँडा । सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ । सरकारको भिजिट नेपाल बर्ष सफल पार्नको लागि विभिन्न क्षेत्रबाट विभिन्न अभियानहरु संचालन हुन थालेका छन् ।

पछिल्लो समय युवाहरु आँफै जुर्मुराउन थालेका छन् । विदेशमा पुगेका युवाहरु नेपालको झण्डा फहराउँदै नेपालको वर्णन गर्न थालेका छन् । अहिले मकवानपुरका आधा दर्जन युवाहरुको समुह विभिन्न देशमा पुगेर नेपाल र नेपालका पर्यटकिय क्षेत्रहरुको प्रचार गरिरहेका छन् ।

जिल्ला युुवा समिति मकवानपुरका संयोजक सन्तोष चौँलागाईकाे नेतृत्वमा र घरजग्गा व्यवसायी संघ मकवानपुरका पदाधिकारी समेत आधा दर्जन युवाहरु बैदेशिक भ्रमणमा गएका छन् । मलेशिया, भीयतनाम र कम्बोडिया जस्ता मुलुकहरुमा उनीहरु नेपालको प्रचारप्रसार गरिरहेका छन् ।

नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको ‘भिजिट नेपाल–२०२०’ का लागि विभिन्न समितिसमेत निर्माण हुने चरणमा आफु पनि राज्यकाे एक जिम्मेबार समितमा रहेकाे कारणले प्रचार प्रसारमा हिडेकाे सन्ताेष चाैलागाईले जानकारी दिए ।

मुलुकले पर्यटन प्रवद्र्धन गर्न सरकारले चालेको कदमलाई सफल पार्न आफुहरुले पनि मद्दत गरेको भ्रमणमा रहेका घरजग्गा व्यवसायी संघका उपाध्यक्ष कमल मैनालीले बताए । उनले मलेशिया, भीयतनाम र कम्बोडियाका केही शहरहरुमा पुगी नेपालको बारेमा जानकारी गराइएको र त्यहाँका मानिसहरुलाई नेपालमा भिजिटको लागि अनुरोध गरिएको बताए ।

निजी क्षेत्र उत्साहितसमेत छन्, जसलाई सफल पार्न सबैले सहयोग गर्ने घोषणा गरेका छन् । सन् २०१९ सुरु हुनै लाग्दा देशभर विभिन्न पर्यटक प्रर्वद्धनका कार्यक्रमसमेत घोषणा भइरहेका छन् । निजी क्षेत्रकै पहलमा आगामी साता लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट मार्टसमेत सञ्चालन हुँदै छ भने अर्कातर्फ सरकारले विश्वभर प्रचारप्रसार सुरु गर्ने तयारीसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*