हिन्दि चलचित्र ‘साहो’ काे व्यापार

निरन्तर न्यूज
१५ भाद्र २०७६, आईतवार १३:५८

एजेन्सी । तेलेगु स्टार प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो यतिखेर प्रदर्शनमा रहेको छ । रिलिज अगावै लगानी समेत उठाइसकेको यस फिल्मले पहिलो दिन १०४.८ करोड सँकलन गरेको छ । सर्वाधिक शो पाएको ‘साहो’ ले पहिलो दिनमै राम्रो व्यापार गरेको छ ।

सुपरस्टार प्रभासको बाहुबलीले ६५० करोड कमाएको थियो भने बाहुबली २ ले १७९६ करोड कमाएको थियो । यस फिल्मले पहिलो दिन खासै कमाइ नगरे पनि अब भने राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

यस फिल्म तीन भाषा हिन्दी, तमिल र मलयालममा तयार भएको छ । फिल्ममा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज लगायतका कलाकारहरुको अभिनय रहेको छ

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु