मुटु स्वस्थ्य कसरी राख्ने ? पढ्नुहोस ।

निरन्तर न्यूज
११ भाद्र २०७६, बुधबार ०८:३१

काठमाडौँ, । साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम  गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ ।

हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं ।

त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।
प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् ।

तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो ।

बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ । युवाहरुले प्रत्येकदिनजस्तो  ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ ।

नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु