५ रुपैयाँमा किड्नी सफा गर्ने घरेलु उपाय

एजेन्सी । किड्नी मानव शरीरको एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्छ । सोच्नुस् त, विकार पदार्थ छान्दा-छान्दै यो पनि त फोहोर हुन्छ ।
हामीले पानी राख्ने फिल्टर जस्तै यसलाई पनि सफा गर्ने हो भने अझ राम्रोसँग काम गर्ने निश्चित छ । साथै किड्नी सम्बन्धी जटिल समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।
आउनुस्, यहाँ हामी मात्रै ५ रुपैयाँमा किड्नी सफा गर्ने घरेलु उपाय सिकाउँदैछौं ।
यसरी सफा गर्नुहोस् किड्नी
तरकारी बजारमा जानुहोस्, ५ रुपैयाँमा एक मुट्ठी धनियाँ पाइन्छ । त्यसलाई खरिद गर्नुहोस् । अब राम्रोसँग पखालेर सफा बनाउनुस् । अनि मसिना टुक्रा बनाएर काट्नुहोस् । यसरी तयार भएको टुक्रालाई एक लिटर पानीमा हालेर धिमा आगोमा उम्लिन दिनुहोस् ।
अब यसलाई सेलाउनका लागि छाड्नुस् । सेलाएपछि खाली पेटमा पिउनुस् । तपाईंले तत्काल यसको सकारात्मक प्रभाव देख्न थाल्नुहुनेछ । तपाईंको किड्नीमा जम्मा भएर रहेका विकार पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन थाल्नेछ ।
यसरी तयार पारेको एक गिलास पानी हरेक दिन बिहान पिउने हो भने किड्नी सफा रहनेछ । साथै किड्नीसम्बन्धी समस्याहरुले पनि छुन सक्नेछैन ।
छैन त कमाल ? अब किन ढिला, भोलि बिहानै खाली पेटमा आफ्नो किड्नी सफा गरिहाल्नुहोस् ।